नेपाल कप ‘टि ट्वान्टी’ क्रिकेट र हाइक फर नेपाल स्थगित गरियोः पोखरेली मञ्च युके

SHARE:

एटा संवाददाता ।
लण्डन । पोखरेली मञ्च युकेले प्रत्येक बर्ष आयोजना गर्दै आएको नेपाल कप ‘टि ट्वान्टी’ क्रिकेट र हाइक फर नेपाल नामक कार्यक्रम स्थगित गरेको छ । कोभिड–१९ जस्तो महामारीका कारण उत्पन्न वर्तमान परिस्थितिलाई ध्यानमा राखेर उक्त दुवै कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको मञ्चका अध्यक्ष मानप्रसाद गुरुङले जानकारी गराएका छन् । उनका अनुसार नेपाल कप टि ट्वान्टी क्रिकेट आउने जुलाई १२ आइतबार र जुलाई १९ आइतबारका दिन आयोजना गर्ने तय भएको थियो । त्यस्तै, हाइक फर नेपाल आउँदो जुलाई ३१ शुक्रबार देखि अगस्ट २ आइतबारसम्म बेल्समा आयोजना गर्ने मिति तय भैसकेको थियो ।

नेपालको पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्दैआएको हाईक फर नेपाल कार्यक्रमलाई यसपटक नेपाल बर्ष भ्रमण बर्ष २०२० भएकाले पनि बिशेष रुपमा हेरिएको थियो । त्यस्तै, नेपाली समुदाय बेलायतमा क्रिकेट खेलको बिकास गर्ने उद्देश्य अनुरुप संचालन गर्दै आएको नेपाल कप ‘टि ट्वान्टी’ क्रिकेट कार्यक्रमप्रति पछिल्लो समय बेलायतस्थित नेपाली खेलाडि, दर्शक, उद्यमी, व्यापारी र व्यवसायीहरुको चासो बढ्दै आएको थियो ।

यसैबीच कोभिड–१९ का कारण किरात याक्थुङ्ग चुम्लुङ्ग युकेले आयोजना गर्दै आएको यलम्बरहाङ्ग कप फुटबल प्रतियोगिता, तमु धिं युकेले प्रत्येक बर्ष आयोजना गर्दै आएको नेपाली समुदाय बेलायतमा अत्यन्त लोकप्रिय गोर्खा कप फुटबल प्रतियोगिता, मगर संघ युकेले आयोजना गर्दै आएको नेपाली ओपन कन्सर्ट लगायत नेपाली समुदाय बेलायतसंग सम्बन्धित कार्यक्रमहरु स्थगित भएको छ । त्यस्तै, नेपालकै इतिहासमा पहिलोपटक गत २५ मे २०२० का दिन नेपालीहरुको बाक्लो बसोबास रहेको अल्डरसट सहरमा नेपाल र ईंग्ल्याण्डको सी टिमबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल कोभिड–१९ कै कारण स्थगित भएको छ ।

स्मरण रहोस्, पोखरेली मञ्च युकेले भूतपूर्व खेलाडि मञ्चले प्रत्येक बर्ष पोखरामा आयोजना गर्दै आएको सफल म्याराथन दौडलाई सफल बनाउन बेलायतबाट बिशेष भूमिका खेल्दै उक्त दौडमा समेत सहभागी हुदै आएको छ ।

तस्बीरः मिलन तमु

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!