एनआरएनए युकेले मन्त्री गुरुङको सहभागितामा अन्तर्राष्ट्रिय सेमिनार गर्दै

SHARE:

एटा संवाददाता ।

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कोराना महामारी पछि नेपाली महिला समुदायमा परेको प्रभावको बारेमा अन्तराष्ट्रिय सेमिनार गर्ने भएको छ । संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार आगामी शनिवार विहान (११ बजे बेलायती समय) जुम प्रविधी मार्फत सो सेमिनारको आयोजान गर्न लागिएको हो । महिला वालबालिका तथा जेष्ठ नागरिक मन्त्री माननीय पार्वत गुरुङ्गको प्रमुखआतिथ्यमा हुने सो कार्यक्रममा सांसद, मिडियाकर्मी, महिला अधिकारवादी नेता, तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरुले सम्वोधन गर्ने कार्यक्रमतय भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला, महिला अधिकारकर्मी, डा रेणु अधिकारी, एनआरएनए महिला संयोजक भोमा लिम्बु, एनआरएनए मध्यपूर्व महिला प्रतिनिधी यस्मीन वेगम लगायतले आआफ्नो विचार व्यक्त गर्ने छन् भने बरिष्ठ पत्रकार तथा कान्तिपुर टेलिविज़नबाट प्रसारित महिलाबादी कार्यक्रम ‘समकोण’ की संचालिका निर्मला शर्माले संचालन गर्नेछिन।

कार्यक्रम संयोजक तथा एनआरएन युकेकी उपाध्यक्ष रोजीना प्रधानले सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइन् । राईका अनुसार मन्त्री गुरुङ्ग सहित सबै अतिथिले कार्यक्रममा सहभागी हुने निश्चित गरेका छन् । यस्ता कार्यक्रमले महामारी पश्चात महिलाहरूले भोग्नु परेको समस्याहरू सरकार तथा नीतिनिर्माता समक्ष पुरय्उदै राज्य नागरिक प्रति जवाफदेही बनाउन पैरबी गर्ने एन आर एन यूके को पहल रहेको उपाध्यक्ष प्रधानले बताईन। जुम (ओविनार) मार्फत हुने कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरुले कार्यक्रम शुरु हुनु भन्दा पहिले आफ्नो नाम दर्ता गर्नु पर्ने एनआरएनए युकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!