एटा संवाददाता ।
लण्डन । ह्याम्पसायर कन्सटाबलोरीले ३ बर्ष अघि अल्डरसट पार्कमा मृतअवस्थामा भेटिएको नवजात शिशुको हत्यामा एक महिला दोषी रहेको कुरा सार्वजनिक गरेको छ । ह्याम्पसायर कन्सटाबलोरीले एक प्रेस प्रज्ञप्ति जारी गर्दै उक्त घटना बारे सार्वजनिक गरेको हो ।
नेपालीमा अनुवाद गरिएको उक्त विज्ञप्ति जस्ताको तस्तै,
07/07/2020 – OP METRE – PRESS RELEASE
नवजात बच्चीको मृत्यु को आरोपमा दोषी पाईएको छ र सो नवजात बच्चीको लाश २०१७ को ‘मई’ महिनामा अल्डरसर्ट को पार्क मा भेटिएको थियो । आज बुधवार ०७ ‘जुलाई’ २०२० को दिनमा २३ बर्षिय बबिता राईलाई उक्त नवजात बच्ची को हत्याको आरोप मा विनचेस्टर क्राउन कोर्ट अगाडी पेश गरिएको थियो ।
निजलाई १९ ‘अगस्ट’ २०२० को दिनमा विनचेस्टर क्राउन कोर्ट मा पूर्व परीक्षण सुनवाईकोलागि हिरासतमा लिईएको छ । नवजात बच्चीको मृत शरीर अल्डरसर्ट स्थित मनोर पार्क को झाडीमा शुक्रवार १९ ‘मई’ २०१७ को दिन करिब दिउँसो को १. ३० बजे भेटिएको थियो ।
गुप्तचर विभागका प्रमुख निरीक्षक डेभिड स्टोरी भन्नु हुन्छ “हामीलाई थाहा छ, यस घटनाले समाजमा धेरै व्यक्तिहरुलाई उदास बनाएको छ त्यसैले हामी तपाईहरुलाई फेरी पनि आस्वाशन दिन चाहन्छौ कि हाम्रो अधिकारीहरु यस किसिमको संबेदनशील घटनाको अनुसन्धान अघि बढाउन तालिम प्राप्त छन् र यस घटनामा संलग्न व्यक्तिहरुलाई सहि नतिजामा ल्याउन कुनै कसर बाँकि राख्ने छैन” ।






