एटा संवाददाता ।
लण्डन । नारायण रायमाझीको लय र रचना रहेको ‘म छोरी ढल्केर नाचेको’ बोलको तिज गीत सार्वजनिक भएको छ । शान्ति भट्ट स्वरमा रेकर्ड गरिएको उक्त गीतमा तेजेन्द्र गुरुङको एरेन्ज र मिक्सिङ्ग, उदिराम खड्काको निर्देशन, विवेक खड्काको कोरियोग्राफर, रिमा फिल्म्सका मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको छ । उक्त तिज गीत गत १५ जुलाईका दिन युट्युवमार्फत सार्वजनिक गरिएको हो ।
उक्त गीतमा, विन्दु खड्का, विर्मा खड्का, शान्ति भट्ट, पुजा महर्जन, मिरा खड्काले सो गीतको म्यूजिक भिडियोमा अभिनय गरेका हुन् । त्यस्तै, विर्मा खड्काले मेकप, खड्क बुढाले मादल, रत्न वि.क.बासुरी, धर्म गन्र्धवले सारङ्गी र सत्यवती कलाकेन्द्रले नृत्यमा बिशेष भूमिका खेलेका छन् ।
सोे अवसरमा गीत प्रोडक्सन समूहले तेजेन्द्र गुरुङ, मनोज खड्का, दिपक वि.टी.एल, मोहन राज अर्याल, इन्द्र ढकाल, आशिष अर्याल, डिल्ली राज भट्ट, प्रकाश शर्मा, पार्वती भट्ट, पुर्ण शर्मा, धर्मा गुरागाई पवित्रा ढकाल लगायतलाई बिशेष धन्यवाद ज्ञापन गरेको छ ।
युट्युब लिंक ‘म छोरी ढल्केर नाचेको’ https://www.youtube.com/watch?v=a17ec3nhJas&feature=youtu.be&fbclid=IwAR0sHxKxhv0uE3LKAuQb-RLRznedMAV9OZxY0AtfuBVJAKvH5XIP4t872FE






