आफ्नी सासुको जन्मोत्सवमा छोरी-ज्वाइद्वारा दिवा भोज सहित वृद्धाश्रमलाई सामाग्री प्रदान

SHARE:

एटा संवाददाता ।
लण्डन ।
नेपालमा रहेका आफ्नो सासुको ७६ औ जन्मदिनको उपलक्ष्यमा बेलायतमा रहेका छोरी ज्वाईले उहाको जन्मथलो इलाममा रहेको वृद्धाश्रमलाइ ३ थान सिलिङ्ग पंखा प्रदान गरेका छन। आज इलाम नगरपालिका वडा न १० गोदकको माइखोलाको किनारमा स्थित माइभगवती वृद्धाश्रममा रहेका बृद्ध-बृद्धाहरुलाई बिभिन्न परिकारका साथ् दिवा भोज सहित बृद्ध- बृद्धाहरुको माग बमोजिम प्रत्येक कोठामा सिलिङ्ग पंखा प्रदान गरी जडान समेत गरिएको छ। आफ्नी सासु आमा केदार कुमारी श्रेष्ठको जन्मदिनको अवसर पारेर बेलायतमा रहेका उहाँका छोरी उर्मिला श्रेष्ठ तथा ज्वाई शिवजी श्रेष्ठले उपलब्ध गराएको सो सहयोग सामाग्री एबम भोजन आज वृद्धाश्रममा नै एक कार्यक्रम गरी सासु केदार कुमारी श्रेष्ठले प्रदान गर्नु भयो। सहयोग उपलब्ध गराउनुको उदेश्य बताउदै उहाँका ज्वाई शिवजी श्रेष्ठले आफ्नी सासु एउटा सक्रिय समाजसेवी हुनुहुन्थ्यो तर अहिले बिगत ८ बर्षदेखी डिमेन्सिया (बिर्सने रोग) भएपछि उहाँको जीवनशैली बदलिएको छ, तर जबसम्म उहा स्वस्थ हुनुहुन्थ्यो, तबसम्म उहाँ आफ्नो जिल्ला इलामको गाउँ गाउँ पुग्दै महिला सशक्तिकरणको लागि नारी विकास संघको कोषाध्यक्षमा निर्वाचित भएपछि लुथरन प्रोजेक्टसंग सहकार्य गर्दै बिशेसत नारी विकास संघ मार्फत लागि परिरहनु भयो। जिल्ला रेडक्रस सोसाइटी इलाम हुदै नारी विकास संघको क्षेत्रीय कार्यालयको संस्थापक समेत रहनु भएकी उहाँ इलाम जिल्लामा नै पहिलो पटक स्विटर बुन्ने मेशिन दार्जिलिंगबाट झिकाएर तथा ढाका उद्योगको स्थापना गर्नुको साथै रेशम खेतीलाई गाउँ गाउँ पुर्याउदै इलामका महिलाहरुलाई शिप विकास गर्दै आय आर्जनको लागि परिरहनु भयो। जीवनको उत्तरार्धमा करिब १० बर्ष छोरी ज्वाई संगै बेलायत बस्नु भएका उहाँ हाल इलाममा छोरा-बुहारीहरुसंग बस्नुहुन्छ। जबसम्म बेलायत हुनुहुन्थ्यो, जहिल्यै पनि इलाममा रहेको बृद्धाश्रमको लागि केहि गर्न उत्प्रेरित गरिरहनु हुन्थ्यो। उहाँको यहि भावनाको सम्मान गर्दै उहाकै हात बाट आज ती सामाग्रीहरु वृद्धाश्रमलाई प्रदान गरिएको कुरा उहाँकि छोरी उर्मिला श्रेष्ठले बताइन। हेरचाह गर्ने आफन्त कोहि नभएका ७० बर्षदेखी ८६ बर्ष सम्मका ३ जना बृद्ध (बुवा) र ९ जना बृद्दा (आमा) हरु रहेको सो वृद्धाश्रम बि स २०६३ सालमा स्थापना भएको हो।

आज एक समारोहका बीच आफ्ना देवरानी, छोरा-बुहारीहरू तथा नाति -नातिनिहरुको उपस्थितिमा केदार कुमारी श्रेष्ठले संस्थाकी अध्यक्ष बिष्णु दाहाललाइ ती सामाग्रीहरु हस्तान्तरण गर्नु भयो। मिठो संयोग सो वृद्धाश्रमकि अध्यक्ष बिष्णु दाहाल र केदार कुमारी श्रेष्ठ एकदम मिल्ने साथि हुनुहुन्छ भने जबसम्म स्वास्थ्य राम्रो थियो, उहाँहरु दुबैजना मिलेर सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो। वृद्धाश्रमकि अध्यक्ष दाहालले सोहि कुरा स्मरण गर्दै आफ्ना सक्रिय जीवनमा केदार कुमारी श्रेष्ठ अथक सामाजिक योद्दा हुनुहुन्थ्यो भन्दै संगै चुनाब लडेर जितेको कुरा स्मरण गर्दै उहाँका छोरी-ज्वाईमा पनि आमाको त्यो गुण देखिएको भन्दै धन्यबाद दिनुभयो। सो समारोहमा उहाकी देवरानी मुना श्रेष्ठ, छोरा -बुहारीहरू मोहन मान श्रेष्ठ-लिला श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ-सुनु श्रेष्ठ तथा नाति सुयोग्य , नातिनीहरू लिसा-अदिति समेत उपस्थित थिए। सो हस्तान्तरण कार्यक्रमको संयोजन सुनु श्रेष्ठ र सुयोग्य श्रेष्ठले गरेका थिए। कार्यक्रमको संचालन गर्दै गायक समेत रहेका उहाँका नाति सुयोग्य श्रेष्ठले गीत प्रस्तुत गर्दै आफ्नो परिवार सहित बृद्द-बृद्दाहरुलाई नचाएका थिए। कार्यक्रमको बिचमा जन्मदिनको केक काट्दै बृद्ध -बृद्धाहरुले शुभकामना गीत गाएका थिए। यस अघि पनि शिवजी श्रेष्ठले १ महिना अगाडी आफ्नी आमा र श्रीमतीको जन्मदिनमा लकडाउनमा काम र मामबाट बिमुख निमुखाहरुको लागि ओखलढुंगा र इलाममा राहत सामाग्री हस्तान्तरण गरेका थिए।

   

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!