प्रथम भिसी थापाको शालिक निर्माणमा सोपाल समाज युकेको एकहजार २० पाउण्ड सहयोग

SHARE:

एटा संवाददाता ।
लण्डन । नेपालीहरुको बाक्लो बसोबास रहेको मानिएको बेलायतको अल्डरसट टाउनमा निर्माण हुन लागेको प्रथम भिक्टोरिया क्रस (भिसी) कुलविर थापाको शालिक निर्माणमा सोपाल समाज युकेको एकहजार २० पाउण्ड आर्थिक सहयोग गरेको छ । गत शुक्रबार १७ जुलाईका दिन सो शालिक निर्माणमा सक्रिय भूमिका खेल्दै आएका ग्रेटर रस्मुर नेपाली कम्युनिटी (जीआरएनसी) का अध्यक्ष रामधन राई र सो शालिक निर्माण परियोजना अर्थात् गोर्खा मोमोरियल स्ट्याच्यु प्रोजेक्टका कोर्डिनेटर एवं जीआरएनसीका सल्लाहकार मेजर खिम गौचनलाई एक कार्यक्रमबीच रस्मुर बरो काउन्सिल फार्नबोरास्थित कार्यालयमा समाजका अध्यक्ष युक्त गुरुङले उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

सो चेक हस्तान्तरण कार्यक्रममा सोपाल समाज युकेका अध्यक्ष युक्त गुरुङले गोर्खाजहरुको बिरताको इतिहासलाई कायम राख्ने उद्देश्यका साथ निर्माण हुन लागेको सो शालिकले सबै नेपालीलाई गौराम्वित तुल्याउने छ भन्दै निर्माण कार्य सफलताको शुभकामना दिए ।
कार्यक्रममा गोर्खा मोमोरियल स्ट्याच्यु प्रोजेक्टका कोर्डिनेटर एवं जीआरएनसीका सल्लाहकार मेजर खिम गौचन र जीआरएनसी युकेका अध्यक्ष रामधन राईले प्रथम भिसी थापाको शालिक निर्माणमा सोंपाल समाज युकेले गरेको संस्थागत सहयोगको प्रसंशा गर्दै धन्यवाद दिए ।
सो अवसरमा सोपाल समाज युकेका महासचिव भरत गुरुङ, सहसचिव लईन्च कुमार गुरुङ, ट्रष्टी क्या. रि राजेन्द्रमान गुरुङ, सल्लाहकार दिपक (डेविड) गुरुङ, सदस्य कपिल गुरुङको सहभागिता रहेको समाजका महासचिव गुरुङले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!