एटा संवाददाता ।
लण्डन । विश्वभर फैलिरहेको कोरोना भाईरसबाट सिकिस्त बिरामी भई अस्पतालबाट हालै फर्किएका तमु धिं युकेका साँस्कृतिक सचिव एवं घोताने घोण्डे (क्वोने) गुरुङ (जीथ्रीजी) समाज युकेका महासचिव ईन्द्र गुरुङले एक कार्यक्रमबीच आपूmले अस्पतालमा भोगेको अनुभव सुनाए । शनिबार २५ जुलाईका दिन घोताने घोण्डे (क्वोने) गुरुङ (जीथ्रीजी) समाज युकेले जुम प्रविधिमार्फत आयोजना गरेको भर्चुयल कार्यक्रममार्फत आफ्ना अनुभव सुनाएका हुन् ।
कार्यक्रममा ईन्द्र गुरुङले बिरामी हुँदा आफन्त, परिवारजन, ईष्टमित्र र साथीभाइको साथ, सहयोग र हौसला अत्यन्त खाँचो हुने कुरामा जोड दिदैं आफ्नो परिवार, आफन्त, साथीभाइ लगायतको साथ, सहयोग, हौसलाकै कारण आफु मृत्युलाई जितेर फर्केको बताए । उनले शुरुमा आफुलाई ज्वरो आएको, सास फेर्न गाह्रो भएको, आफ्नो ब्लड अक्सिजन लेभल ९४, ९०, ८८, ८५ भएपछि सास फेर्न असाध्यै गाह्रो भई एम्बुलेन्स बोलाई अस्पताल गएको, अस्पतालमा एक्सरेमार्फत आप्mनो दुवै फोक्सोलाई हानी पुगेको जानकारी पाइएको जनाए । साथै, उनले सो पश्चात आफ्नो अवस्था ३० मार्च देखि २५ अप्रिलसम्म एकदमै नाजुक भई २५ दिनसम्म आफु बेहोस अर्थात कोमामा रहेको बताउँदै उक्त २५ दिनसम्म ईष्टमित्र साथीभाइहरुले आफ्नो परिवारको मनोवल बढाउन दिएको हौसला, साथ, सहयोगको खुलेर प्रसंशा गर्दै सबैप्रति धन्यवाद दिए ।
उनले समाजका अध्यक्ष ले.चन्द्र गुरुङ, एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ, डा. पंकज, नर्स अध्ययनरत छोरी एलिजा गुरुङ, श्रीमती माया लगायतले अस्पतालसंग गरेको समवन्यको प्रसंशा गर्दै दोस्रो जीवनको लागि सबैप्रति पुनः धन्यवाद दिए । आफु बेडमा बेहोस भएको २२/२३ दिनमा डाक्टरले अब २/३ दिनमा बिरामी होशमा आएन भने डेथबडी लिन आएहुन्छ भन्दा, ‘मेरो परिवारको अवस्था कस्तो भयो होला’ भन्दै गुरुङले आफन्त बिरामी हुँदा उसको अवस्था बारे बारम्बार सोधपूछ गर्नुपर्नेमा जोड दिए । आफु बिरामी हुँदा अध्यक्ष चन्द्र गुरुङ, डा. पंकज र छोरी एलिजाले पटकपटक डाक्टरसंग सोधपुछ गरेको स्मरण गरे ।
त्यस्तै, कार्यक्रममा कोभिड–१९ बाट पीडित भएका एनआरएनए युकेका प्रवक्ता एवं मौजा बिजयपुर समाज युकेका अध्यक्ष रामकुमार गुरुङले कोभिडका कारण बिरामी हुँदा आफुले भोगेका अनुभव सुनाएका थिए । उनले, आफु अस्पतालमा कार्यरत रहेको बताउदै शुरुमा आफुलाई जीउ दुखेको, सपना समेत कोभिड बारे देखेको, अचानक खाना रुच्न छाडेको, खोकी पछि ज्वरो आएको र परिक्षण पश्चात पोजिटिभ भएको जानकारी दिए । उनले सो अवस्थामा आफु घरै क्वारिन्टीन बसेको तर अस्पताल भने जान नपरेको बताए । साथै, उनले यस्तो अवस्थामा मनोबल दारो बनाउनु पर्नेमा जोड दिदै कोभिडबाट निधन भएका समाजका प्रमुख सल्लाहकार स्वर्गिय नारायण कोन्मे लगायत सबैप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरे ।
कार्यक्रममा कोभिड–१९ कै कारण ज्यान गुमाएका समाजका प्रमुख सल्लाहकार नारायण कोन्मेका जेष्ठ सुपुत्र चार्टड एकाउण्टेन्ट देव गुरुङले ननिङटननमा आफ्ना बुबा नारायण कोन्मेलाई शुरुमा ज्वरो आएको, १० दिन पछि ब्लड अक्सिजन लेभल ८५–८० हुदै न्यूमोनीया भएको स्मरण गरे । उनले बुबासंग अस्पताल गई भेट्ने अवस्था नभए पछि ४ मे का दिन परिवारका सबै सदस्यले भिडियो कलमार्फत कुराकानी गरिएको बताउँदै बुवाको निधनले आफुहरुमा भूकम्प गएको, अन्धकार छाएको, अभिभावकबिहिन बनाएको बताउदै सो दुःखद् अवस्थामा समाज लगायत सबै ईष्टमित्र साथीभाइ आफन्तजनले दिएको हौसला प्रति धन्यवाद दिए । साथै, उनले बुबाको पिण्डपूजा, अर्घौं लगायतको धार्मिक कार्यमा सहभागी भएका भाइखलक, चेलीबेटी लगायत समाजका अध्यक्ष र कार्यसमितिप्रति धन्यवाद दिए ।
त्यस्तै, कोभिड जितेर आएका ईन्द्र गुरुङकी छोरी नर्र्स एलिजा गुरुङले, ‘अरुको लागि बोल्न सजिलो हुँदो रहेछ, तर आफुलाई पर्दा गाह्रो हुँदो रहेछ, भन्दै ‘शुरुमा १ हप्ता डरायौं, तर समाजका अध्यक्ष ले. चन्द्र गुरुङ, आफ्नी आमा, एनआरएनए युके अध्यक्ष पुनम गुरुङ लगायत ईष्टमित्र, साथीभाइहरुको हौसलाले प्रत्येक दिन ५/५ पटक बुबाको अवस्थाबारे अस्पतालसंग बुझ्न थालें । तर, अस्पतालले ‘लेस होप’ भने पछि मुटुनै चुडिएको थियो’ भने । उनले, सबैको हौसला र प्रार्थनाबाट बुबा फर्केर आएको स्मरण गर्दै समाजका अध्यक्ष चन्द्र गुरुङ लगायत सबैलाई धन्यवाद दिए ।
करीब साढे २ घण्टासम्म संचालन भएको कार्यक्रममा कोभिड–१९ लाई जितेर आएका चार भञ्ज्याङ्ग समाजका संस्थापक अध्यक्ष एवं बुद्धिष्ट कम्युनिटी सेन्टर युकेका निवर्तमान अध्यक्ष ले. नारायण प्रसाद गुरुङले कोभिड–१९ का कारण आफ्नो सबै परिवार बिरामी भएको र सो कोभिड–१९ का कारण आफ्नो साढुभाइ अर्थात् तमु धिं लण्डन ईकाईका उपाध्यक्ष चेतप्रसाद गुरुङको निधन भएकोमा दुःख व्यक्त गरे । साथै, उनले यस्तो अवस्थामा सबैले शारीरिक अभ्यास गर्ने, सन्तुलित भोजन खाने, उच्च मनोवल राख्नु पर्ने लगायतको कुरामा जोड दिए ।
समाजका वाणिज्य संयोजक एवं तमु धिं युकेका निवर्तमान महासचिव कृष्ण गुरुङले संचालन गरेको उक्त कार्यक्रममा डा. पंकज गुरुङले कोभिडका कारण हालसम्म बेलायतमा करीब ४५ हजार जनाको ज्यान गएको, कोभिडको दोस्रो झड्का आउन सक्ने बताउदै सरकारले जारी गरेको नियमकानुनलाई अनुशरण गर्न र सर्तकता अपनाउन अनुरोध गरे । उनले अहिले तेश्रो फेजमा भ्याक्सीन परिक्षण भैरहेको जनाउदै सेप्टेम्बरमा भ्याक्सीन आउन सक्ने विश्वास व्यक्त गरे । साथै, उनले भ्याक्सीन आउनसाथ आफ्नो नजिकको स्वास्थ केन्द्रमा सम्पर्क गर्न समेत सुझाव दिए । त्यस्तै, ६५ बर्ष उमेर भन्दा माथिकाहरुले फ्लु विरुद्धको भ्याक्सीन लगाउन समेत सुझाए ।
समाजका अध्यक्ष ले चन्द्र बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङले कोभिड–१९ को अवस्थामा एनआरएनए युकेले गरेका विभिन्न कार्यहरु बारे जानकारी गराएकी थिईन् । उनले बेलायतमा करीब ३६० वटा नेपाली संघसंस्थाहरु रहेको जनाउदै नेपाली राजदूतावास लण्ड, एनआरएनए युकेका ४ वटै राज्य समवन्य परिषद, नेपाली समुदायसंग समवन्य गरी कार्य गरिरहेको बताईन् । उनले आफुहरुलाई बेलायतमा रहेका नेपाली डाक्टर्स र नर्सिङ एशोसिएनशनको सहयोगमा करीब ४० जना स्वस्थकर्मीहरुबाट सहयोग प्राप्त भएको, करीब २०/२२ हजार पाउण्ड आर्थिक सहयोग संकलन गरिएको, संकलित रकम मध्येबाट जेष्ठ नागरिकहरुलाई माक्स, हेण्ड सेनिजाईजर, सिटामल लगायत किट उपलब्ध गराइएको, नेपालका ७ वटै प्रदेशलाई २/२ वटा अक्सिजन भेन्टिलेटर उपलब्ध गराईएको, बेलायतमा अध्ययनरत करीब २००/३०० जना नेपाली विद्यार्थीहरुलाई राहत वितरण गरिएको, नेपाली दूतावास लण्डनसंग मिलेर २२९ जना नेपालीलाई नेपाल फर्काइएको, कोभिड–१९ का कारण नेपालका महिलाहरुलाई पारेको प्रभाव बारे नेपालका महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्बत गुरुङ सहितको विज्ञको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताईन् । त्यस्तै, उनले अहिलेको अवस्थामा सबैको साथ, सल्लाह, सुझाव बिना अगाडि बढ्न नसक्ने बताउँदै कुनै सल्लाह, सल्लाह वा प्रतिक्रिया भए सिधै आफुलाई सिधै सम्पर्क गर्न समेत अनुरोध गरिन् । साथै, अन्त्यमा उनले समाजका प्रमुख सल्लाहकार नारायण कोन्मेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
कोभिड होरोज नाम दिइएको उक्त कार्यक्रममा लण्डन बार्नेट बरो काउन्सिलका उपमेयर काउन्सिलर लक्ष्य बहादुर गुरुङले कोभिड–१९ का कारण सुस्ताएको बेलायतको अर्थतन्त्रलाई जोगाउनका लागि बेलायत सरकारले विभिन्न सुविधाहरु उपलब्ध गराएको जानकारी दिए । उनले बिशेष गरी रोजगारीलाई बृद्धि गर्न युवाहरुलाई बिशेष ध्यानमा राखि विभिन्न क्षेत्रमा कार्यक्रम ल्याएको जानए । उनले, फर्लो, ग्रीन होम्स, स्ट्याम्प ड्युटी, भ्याट, युनिभर्सल के्रडिट लगायतको बिषयमा बोलेका थिए ।
त्यस्तै, कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष ले चन्द्र गुरुङले समाजले कोभिड–१९ को अवस्थामा प्रत्येक हप्ता दुःख–सुख साटासाट गर्दै आएको, इम्पावरमेन्ट, मेडिटेशन तथा योगा कक्षा संचालन गरिएको जनाउदै अहिले लकडाउन खुकुलो भएकोले प्रत्येक २ हप्तामा भर्चुयली भेटघाट गर्ने कार्यक्रम तय गरिएको बताउँदै उक्त कार्यक्रममा सहभागि हुन सबैमा हार्दिक अनुरोध गरे । साथै, उनले अहिलेको अवस्थामा सबैले सावधानी अपनाउनु पर्ने, लापरवाही गर्न नहुने सुझाव दिदै मानसिक रोग तथा घरेलु हिंसामा समेत वृद्धि भैरहेकोले सजक रहन समेत आग्रह गरे । त्यस्तै, उनले आफ्नो कुनै नजिकको आफन्त बिरामी भएको अवस्थामा बिरामीको अवस्था बारे डाक्टरसंग निर्धक्क भई सोधपूछ गर्नुपर्नेमा जोड दिए । साथै, समाजले नारायण कोन्मे जस्तो अभिभावक गुमाएकोमा दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरे ।