रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी युकेद्वारा तनहुँमा राहत वितरण

SHARE:

एटा संवाददाता ।
लण्डन । बेलायतमा क्रियाशिल रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटी युकेले तनहुँ घिरिङ गाउँपालिका पहिरोबाट प्रभावितहरुलाई राहत वितरण गरेको छ । नेपाली वेलफेयर सोसाइटीको संयोजनमा गत शनिबार सो स्थानमा ६० घरपरिवारलाई खाद्यान्न राहत उपलब्ध गराएको हो । प्रतिघर १ बोरा चामल, ५ किलो दाल, २ लिटर तेल र २ पाकेट नुन बितरण गरिएको सोसाईटीका अध्यक्ष शर्मिला हिराचन थकालीले बताएको नेपाली वेलफेयर सोसाईटीका अध्यक्ष धनबहादुर सार्कीले जानकारी गराए ।

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री माननीय किरण गुरुङको प्रमुख आतिथ्यमा जुम प्रविधिको प्रयोगगरी बेलायतलाई नेपाललाई जोडेर वितरण गरिएको सो कार्यक्रममा मन्त्री गुरुङले कोभिड–१९ को महामारी एवं भर्खरै आएको पहिरोको जोखिमबाट बिस्थापितहरुलाई सोसाईटीले गरेको सहयोगको खुलेर प्रसंशा गरे ।

यसअघि रुकुमको सानिभेरी, बाग्लुङको गलकोट र आज तनहुँको घिरिङ्ममा समेत गरि १५० घर परिवारलाई राहत उपलब्ध गराइएको सोसाईटीका उपाध्यक्ष एवं कार्यक्रम संचालक जित रानाभाटले जानकारी दिए । उक्त राहत वितरणमा स्थानिय गाउँपालिका अध्यक्ष रणबहादुर राना, उपाध्यक्ष सरस्वती सिग्देल, वडाअध्यक्षहरु रणबहादुर राना, गंगाराम कुमाल, पूर्ण थापा, सक्ति थापा, प्रेमबहादुर थापा र घिरिंग गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष ढुंगाना, उद्योग बाणिज्य संघका अध्यक्ष हरिकुमार श्रेष्ठ, नेकपाका नेताहरु होमबहादुर थापा, भुवन बिश्वकर्मा, शिक्षक तथा बुद्धिजीवी रमेश नेपाली लगायतको बिशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा गाउँपालिका अध्यक्ष रानाले विषम परिस्थितिमा राहत उपलब्ध गराएकोमा धन्यवाद दिए भने राहत वितरण संयोजक धनबहादुर सार्कीले बिपत्तिको बेला खाद्यान्नको अभावमा कोहि पनि मर्न नपरोस भन्ने पबित्र उद्देश्यका साथ यो अभियान संचालन गरिएको जनाए । साथै, उनले एकल र सहकार्यमा गत ३ महिना देखि १५ वटा जिल्लाका ५९७ घर परिवारलाई खाद्यान्न राहत उपलब्ध गरिएको स्मरण गरे ।

कार्यक्रममा बेलायतबाट सोसाईटीका संरक्षक हरिगोबिन्द गुरुङ, प्रमुख सल्लाहकार मोहन गुरुङ, महासचिव मन्जु भणडारी, सल्लाहकारहरु श्याम शेरचन, कर्ण शाही, समाजसेबी बनु गुरुङ, कोने घताने घोनडे समाज युकेका अध्यक्ष लेफटिनेन्ट चन्द्र गुरुङ, थकाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष मेजर खिम प्रसाद गौचन, तमु धि युकेका उपाध्यक्ष हितकाजी गुरुङ, नेपालबाट मेजर लक्ष्मी प्रसाद गुरुङ, तिल आले, दलित बिकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली लगायतले आ–आप्mना भनाईहरु राखेका थिए । कार्यक्रमको अन्त्यमा सोसाईटीकी अध्यक्ष शर्मिला हिराचन थकालीले भौतिकरुपमा आफुहरु बेलायत रहेपनी भाबनात्मकरुपमा मातृभुमीको माटो प्रति निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरेकी संयोजन सार्कीले जानकारी दिए ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!