नेपालमा कोरोनाबाट ९९ जनाको मृत्यु, संक्रमितको संख्या २५ हजार ५५१ पुग्यो

SHARE:

काठमाडौं ३० साउन । कोरोना भाइरसबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार मोरङ र सिरहा १—१ र बारामा २ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा ९ जना, प्रदेश २ मा ४२ जना र वाग्मती प्रदेशमा १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा १२ जना, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ । जसमा पुरुष ७७ र महिलाको संख्या २२ रहेको छ ।

शुक्रबार भएका ११ हजार ५ सय ७५ पीसीआर परीक्षणमा ५ सय ९४ जनामा संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ रहेको छ । आजसम्म १७ हजार ७७ जना डिस्चार्ज भएका छन । शुक्रबारसम्म आइसोलेसनमा ७ सय ९ सय १३ जना संक्रमित उपचाररत रहेका छन । क्वारेन्टिनमा १४ हजार ६ सय ३८ जना रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!