
सिन्धुपाल्चोक ३१ साउन । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा
- पिर्ती दोङ
- धनमाया दोङ
- टीकामाया दोङ
- छिरिङ दोङ
- जिताइ झाँक्री
- मिलन दोङ
- सानू दोङ
- जयबहादुर दोङ
- दावाल्हामु दोङ
- तारल्हमो दोङ
- रिमेक्स दोङ
शनिबार बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।






