नेपालमा पछिल्लो २४ घन्टामा ४६८ जनामा कोरोना संक्रमण, थप ३ को मृत्यु

SHARE:

काठमाडौं ३१ साउन । नेपालमा थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार गत २४ घण्टामा देशभरिको प्रयोगशालामा ११ हजार ४४७ नमूना परीक्षण गर्दा ४६८ जनामा कोरोना देखिएको हो । यससँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ पुगेको छ ।

उनका अनुसार हालसम्म १७ हजार २०१ जना उपचारपछि निको भएर घर फर्केका छन् । मन्त्रालयका अनुसार हालसम्म पाँच लाख पाँच हजार ६६० जनाको पिसीआर परीक्षण गरिएको छ । प्रवक्ता डा गौतमले पछिल्लो समयमा कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि खटिएका चिकित्सक र नर्सहरुमा समेत कोभिड–१९ संक्रमण देखिएको र उनीहरुमाथि दुव्र्यवहार भएको समाचार प्राप्त भएको भन्दै दुव्र्यवहार नगर्न सबैमा आग्रह गरे ।

हालसम्म विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० कोभिड–१९ बाट सङ्क्रमित छन् । यसको संक्रमणबाट हालसम्म सात लाख ६३ हजार ३८७ जनाको मृत्यु भइसकेको छ । एक करोड ४१ लाख ५१ हजार ७६६ जना उपचारपछि निको भएर फर्किएका छन् ।
मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरी चार जिल्लामा सङ्क्रमितकोसङ्ख्या शून्य छन् ।

मृतकको सङ्ख्या १०२ पुग्यो
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । कपिलवस्तु, पर्सा र धनुषा जिल्लाका एक/एक गरी तीन जनाको मृत्यु भएको हो । यो सँगै मृतकको सङ्ख्या १०२ पुगेको छ । तीमध्ये ८० पुरुष र २२ महिला रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!