कोरोना अपडेट : २४ घन्टामा नेपालमा ६८१ मा कोरोना पुष्टि, थप ६ जनाको मृत्यु

SHARE:

काठमाडौं । नेपालभर ६८१ जनामा संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशका विभिन्न जिल्लामा ६८१ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ ।

काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपु्रमा ८ जना रहेका छन् ।
यस्तै थप १२० जना संक्रमण मुक्त भएका छन् भने निको हुनेको कुल संख्या १७ हजार ७०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने मृतकको कुल संख्या १२० पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!