
काठमाडौं ४ भदौ । बितेको २४ घन्टामा नेपालभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १७४ सहित देशभर ७०७ जना संक्रमित भएको जानकारी दिए । यो नेपालभर संक्रमितको कुल संख्या २९ हजार ६४५ रहेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा देशभर २४६ जना छन् भने देशभर निको हुनेको संख्या १७ हजार ९६४ पुगेको छ । हाल देशभर ११ हजार ५५५ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये संस्थागत आइसोलेसनमा रहेका संक्रमितहरुको संख्या ८ हजार ८३ जना रहेको छ ।
पछिल्लो २४ घन्टामा देशभर ३९ प्रयोगशालाबाट ११ हजार ८ सय ३२ पीसीआर परीक्षण भएको छ । यससँगै हालसम्म कुल ५ लाख ६६ हजार २ सय २० पीसीआर परीक्षण भएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७ सय ६८ रहेको छ ।






