पोखरामा सञ्‍चारकर्मी गुरुङले दिइन् घर भाडाबापत ४ लाख छुट

SHARE:

कास्की ४ भदौ । सञ्‍चारकर्मी शान्ति गुरुङले भाडाबापत करिब ४ लाख रुपैयाँ मिनाह गरेकी छन् ।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि आर्थिक क्षेत्र अस्तव्यस्त भएको र व्यवसायी मर्कामा परेको भन्दै गुरुङले चैत महिनादेखि असोजसम्मको भाडा छुट गरेकी हुन् । गुरुङको घरमा सञ्चालीत पोखरा जाभा कफी हाउसका सञ्चालक एकराज न्यौपानेका अनुसार चैत्रदेखि आश्विन महिनाको भाडामा तीन महिनाको पूर्ण छुट तथा चार महिनाको आधामात्रै लेनदेन गर्ने एवं कार्तिक पछाडि पनि बन्दाबन्दी नै रहेमा बत्ती पानीको मात्र बुझाउने, स्थिति सुधार हुँदै गएमा तदनुसार गर्दै जाने सौहार्द पूर्ण सहमति भएको बताए ।

कोरोना संक्रमणको जोखिममा सरकारले कोरोना संक्रमण रोक्नका लागि गरेको पहललाई साथ दिँदै आफू र आफ्नो परिवारले यस्तो निर्णय गरेको घरधनीसमेत रहेकी सञ्‍चारकर्मी गुरुङले बताइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!