लन्डन ५ भदौ । सहारा यूकेका अध्यक्ष कुमार गुरुङलाई पितृ शोक परेको छ । अध्यक्ष गुरुङका पिता काजीमान गुरुङको बेलायतस्थित फार्नबोरोमा शुक्रबार बिहान निधन भएको हो । मृतक गुरुङ ८० वर्षका थिए ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुस पोखरी पुर्ख्यौली घरभई हाल बेलायतमा बस्दै आएका गुरुङको लामो समयदेखि स्वास्थ्यमा समस्या रहेको थियो । काजीमानको निधनको जानकारी दिँदै सहारा यूकेका संस्थाको तर्फबाट महासचिव धनु थकालीले गहिरो दुःख व्यक्त गरेका छन् । थकालीले एक सन्देश मार्फत दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पोखरा वगर सिमपानीसमेत घर भएका रिटायर्ड ब्रिटिस आर्मी गुरुङका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।







