नेपालमा कोरोना संक्रमित ३० हजार नाघे, शुक्रबार ८३८ थप, एकै दिन ११ को मृत्यु

SHARE:

काठमाडौं ५ भदौ । नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर शुक्रबार ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घन्टामा २५० जना संक्रमित निको भएर घर फर्किएका छन् ।

देशभर हाल १३३ संक्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकामा थपिए १८२

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८२ जना कोरोना संक्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएकामध्ये काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एकै दिन ११ को मृत्यु
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको सङ्ख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!