पोखरा ११ भदौ । कास्कीको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) को गाडी ताङतिङका एक स्थानीय युवाले तोडफोड गरेका छन् । ग १ झ ३०४ नं. को महेन्द्र गाडी बुधबार राति तोडफोड भएको हो ।
ताङतिङका १९ वर्षीय साजन गुरुङले रक्सी खाएको बेला राति गाडीफोड गरेको गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । घटनाबाट गाडीमा सामन्य क्षति भएको छ । तोडफोड गर्ने स्थानिय साजन गुरुङलाई हिजै रामबजार प्रहरी चौकीमा बुझाएको अध्यक्षले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष गुरुङ मंगलबार वडाको मिटिङका लागि वडा नं. २ ताङतिङ पुगेको थियो घरमा गाडी राख्न नमिल्ने भएकाले सडक छेउमै राखेको गाडीमा तोडफोड भएको हो ।






