नेपालमा एकैदिन ११ सय ११ कोरोना संक्रमित थपिए, २४ घन्टामा ८ जनाको मृत्यु

SHARE:

काठमाडौं ११ भदौ । नेपालमा ११ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा देशभर ३३४ महिला र ७७७ पुरुष गरी ११ सय ११ जनामा संक्रमण पुष्टि भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

देशभर थप ८ जनाको मृत्यु
यसैबीच २४ घन्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए । जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । यो सँगै मृतकको संख्या १८५ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!