कुलमान घिसिङले भने, ‘विद्युत्भार कटौतीको अन्त्य सरकारको योजनामै भएको हो’

SHARE:

काठमाडौं ११ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको स्पष्ट मार्गनिर्देशनका आधारमा विद्युत्भार कटौतीको अन्त्यलगायत प्रशासनिक सुधारको काम गरेको स्पष्ट पारेका छन् ।
उनले विद्युत्भार कटौतीको अन्त्य आफ्नो व्यक्तिगत प्रयासबाट मात्र सम्भव नभएको र त्यसमा सरकारको नीति, निर्देशन तथा कार्यादेशले काम गरेको बताएका छन् । घिसिङले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विद्युत्भार कटौतीको अन्त्य गरी उज्यालो नेपाल बनाउन, वित्तीय तथा प्रशासनिक सुधार गरी प्राधिकरणलाई नाफामूलक, सबल, सक्षम तथा प्रतिस्पर्धी संस्था बनाउन प्रधानमन्त्री र ऊर्जामन्त्रीको निर्देशन एवं मार्गदर्शन, प्रशासनिक संयन्त्र, अहोरात्र खटिने कर्मचारी नै हुन् ।”

उनले आम उपभोक्ताको निरन्तरको सहयोग र हौसला नपाएको भए एक व्यक्तिको प्रयासबाट मात्रै विद्युत्भार कटौतीको अन्त्य गरी संस्थालाई मुनाफामा लैजानेलगायतका उपलब्धी हासिल गर्न सम्भव नभएको विज्ञप्तीमा उल्लेख गरेका छन् । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई चार वर्षका लागि नियुक्त गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङले अर्को कार्यकालका लागि पुनः नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री ओली र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पुनलाई जोडेर विगत केही दिनदेखि विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रति गुनासो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्नो गलत अकाउण्ट खडा गरी सम्प्रेषण भइरहेका भ्रामक समाचार तथा सूचनाप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!