तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङलाई पितृशोक

SHARE:

हुम तमु
पोखरा १३ भदौ । तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ पितृशोक परेको छ । चरक हस्पिटलमा उपचारको क्रममा शुक्रबार राति १२:३५ बजे समाजसेवी क्षेसराज गुरुङको ८६ वर्षको उमेरमा निधन भएको हो ।

करिब डेढ दशक अघिदेखि पक्षघात लगायतको स्वास्थ्य समस्यामा रहेका क्षेसराज गुरुङको पीसीआर टेष्ट गरिने भएको छ भने उक्त टेष्टको रिपोर्टपछि मात्र अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

मृतकको शनिबार दिउँसो ३ बजे रामघाट गुम्बामा अन्तिम संस्कार हुँदैछ ।

समाजसेवी गुरुङ पर्वत जिल्ला, फलेवास नगरपालिका वडा नं.८ (तत्कालीन ठानामौला गाविस वडा नं.७)खाल्टे हर्राबोट गाउँ भई हाल पोखरा महानगरपालिका नयाँबजार प्रदर्शनी मार्ग निवासी चारभञ्ज्याङ तमु समाज पोखराका विशेष सहयोगदाता थिए ।

स्वर्गीय गुरुङको २ छोरा र ४ जना छोरीमध्ये जेठा छोरा यूके फोक्टन निवासी तमुधिं यूकेका निवर्तमान अध्यक्ष ज्ञाम गुरुङ, बुहारी तमुधिं यूके आमा समूहकी निवर्तमान अध्यक्ष प्रेमकुमारी गुरुङ, कान्छा छोरा अल्डरसट निवासी लालकाजी गुरुङ, बुहारी इन्द्रा गुरुङ र छोरीहरु जेठी र माइली नेपालमै छन् भने साईली कृष्णकुमारी गुरुङ र कान्छी रामकुमारी गुरुङ यूके अल्डरसट निवासी हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!