काठमाडौं उपत्यकामा १८६ सहित नेपालमा थप ८ सय ८४ जना कोरोना [जिल्लागत तथ्यांक]

SHARE:

काठमाडौं १३ भदौ । गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा कोभिड–१९ बाट उपत्यकामा छ जनासहित १२ जनाको मृत्यु भएको जानकारी दिए । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

गत २४ घण्टामा थपिएका
प्रदेश नं १ अन्तर्गत
इलाममा १
झापामा २०
धनकुटामा १९
मोरङमा ३१
सङ्खुवासभामा ३
सुनसरीमा २४

प्रदेश नं २ अन्तर्गत
धनुषामा ४९
पर्सामा ७३
बारामा २१
महोत्तरीमा २६
रौतहटमा ५
सप्तरीमा २
सर्लाहीमा ८३
सिराहामा २२

वाग्मती प्रदेशअन्तर्गत

काठमाडौंमा १५५
काभ्रेपलाञ्चोकमा १९
चितवनमा ५७
दोलखामा १
धादिङमा ९
भक्तपुरमा १२
ललितपुरमा १९
मकवानपुरमा ९
सिन्धुपाल्चोकमा १

गण्डकी प्रदेशअन्तर्गत
कास्कीमा ३
नवलपरासीपूर्वमा २३
लमजुङमा २९

प्रदेश नं ५ अन्तर्गत
कपिलवस्तुमा २
गुल्मीमा १
दाङमा १९
नवलपरासी पश्चिममा १०
बाँकेमा २०
रुपन्देहीमा १६

कर्णाली प्रदेशअन्तर्गत
जाजरकोटमा १
जुम्लामा १
दैलेखमा १
रुकुमपश्चिममा १
सुर्खेतमा १०

सुदुरपश्चिम प्रदेशमा
कञ्चनपुरमा १७
कैलालीमा १९
दार्चुलामा ३
बझाङमा २६
बैतडीमा २१

हालसम्म विश्वमा दुई करोड ४९ लाख २० हजार २४ कोभिड–१९ बाट सङ्क्रमित छन् । आठ लाख ४१ हजार ४८६ व्यक्तिको मृत्यु भएसकेको छ । एक करोड ७३ लाख तीन हजार ८१८ व्यक्ति यस रोगबाट निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पिसीआर परीक्षण गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म जम्मा छ लाख ६९ हजार ६२६ पिसीआर परीक्षण भएका छन् ।

क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या आठ हजार ३५ जना छ । गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको संख्या २० हजार ५५५ छ । सङ्क्रमितको शून्य संख्या भएका जिल्ला मुस्ताङ र हुम्ला गरी दुई जिल्ला छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!