नेपालमा २४ घन्टामा उपत्यकामा २९८ सहित ८९९ जनामा कोरोना संक्रमण पुष्टि

SHARE:

काठमाडौं भदौ १५ । उपत्यकामा २९८ सहित नेपालमा ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले सोमबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ३९ हजार ४ सय ६० संक्रमितको संख्या पुगेको जनाए ।

उपत्यकामा काठमाडौं १९०, भक्तपुर ४१ र ललितपुर ६७ मा जना संक्रमित भेटिएका छन् । १७ हजार ८२२ जना उपचाररत छन् भने ७ हजार ३३७ जना क्व‍वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए । २४ घन्टामा ११ हजार १२९ पीसीआर परीक्षण गरिएका छन् । हालसम्म ६ लाख ९३ हजार ७२ नमुना परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

२४ घन्टामा ५८८ डिस्चार्ज, थप ७ जनाको मृत्यु
नेपालमा थप ५८८ जना कोरोना भाइरस संक्रमण निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या ५ सय ८८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या २१ हजार ४१० पुगेको छ ।

त्यस्तो सोही अवधिमा थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीकी ४ वर्षीया बालिकासहित ३ महिला र ४ पुरुष रहेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!