नेपालमा कोरोनाबाट एकैदिन १४ जनाको मृत्यु, मृतकको संख्या २७१ पुग्यो, थप १३ सय ५९ मा संक्रमण

SHARE:

काठमाडौं १९ भदौ । नेपालमा कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा थप १४ को मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ४ जना महिला र १० जना पुरुष रहेको बताए ।

संक्रमितको संख्या ४४ हजार नाघ्यो
पछिल्लो २४ घन्टामा १३ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै शुक्रबार ४४ हजार २३६ पुगेको हो । २४ घन्टाको अध्यावधिक विवरण अनुसार बिहीबार १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

२४ घन्टामा डिस्चार्ज १३ सय ५४ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या २५ हजार ५६१ पुगेको छ । यो ५८ प्रतिशत हो ।

पीसीआर परीक्षण १३ हजार ६ सय ३८ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । हालसम्म ७ लाख ४५ हजार ४ सय ९० पीसीआर विधिबाट परीक्षण भएका छन् ।

शुक्रबार अपराह्न सम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १८ हजार ४ सय ४ र क्‍वारेन्टाइनमा ६ हजार ५ सय ६१ जना रहेको छ । २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।

हेर्नुहोस् तथ्यांक

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!