काठमाडौं १९ भदौ । नेपालका अर्थ तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार साँझ पदबाट राजीनामा दिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित बिदाई कार्यक्रममा सहभागी भएपछि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् । राष्ट्रियसभामा मनोनीत सांसद खतिवडा कार्यकाल सकिएकोले जिम्मेवारीबाट हटेका हुन् ।
उनको ठाउँमा सत्तारुढ नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरिसकेको छ । यद्यपि गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्ने छ ।






