२४ घन्टामा नेपालमा १ हजार ४१ मा कोरोना संक्रमण, काठमाडौंमा मात्रै ३२७ संक्रमित

SHARE:

काठमाडौं २० भदौ । नेपालभर थप १ हजार ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले गत २४ घन्टामा काठमाडौं उपत्यकामा ३२६ सहित १ हजार ४१ जना संक्रमित जनारी दिए । उनका अनुसार कोभिड–१९ बाट थप ९ जनाको मृत्यु भएको छ । हालसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

प्रवक्ता डा. गौतमले अहिलेसम्म सङ्क्रमित र सङ्क्रमणमुक्त समेतगरी ४५ हजार २७७ जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी दिए । देशभरी कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ८७० छ । संस्थागत आइसोलेशनमा रहेका व्यक्तिको सङ्ख्या नौ हजार ८६६ छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४७३ जनामा पिसीआर परीक्षण गरिएको प्रवक्ता डा. गौतमले जानकारी दिए । हालसम्म जम्मा सात लाख ५७ हजार ९६३ को पिसीआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहेका व्यक्तिको सङ्ख्या छ हजार ५६१ छ ।

गत २४ घण्टामा कोरोनामुक्त भई घर फर्किनेको सङ्ख्या एक हजार ५६६ छ । कोभिड–१९ बाट मुक्त हुनेको सङ्ख्या औषतमा ६० प्रतिशत छ । सङ्क्रमितको शून्य सङ्ख्या भएका जिल्ला ताप्लेजुङ, सोलुखुम्वु, मुगु, मुस्ताङ, डोल्पा र हुम्ला छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!