पोखरा २० भदौ । तमुधिं नेपाल केन्द्रीय आमा समितिको शनिवार पोखरामा सातौं वार्षिक साधारणसभा तथा दोश्रो महाधिवेशन सम्पन्न भयो।
कार्यक्रममा प्रमुख अतिथि तमुधिं नेपालका द्वितीय उपाध्यक्ष हुमबहादुर तमुले दीप प्रज्वलन गरी उद्घाटन गरिएको महाधिवेशनले पञ्चकुमारी तमुको अध्यक्षतामा आगामी कार्यकालका लागि १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।
कोरोनाको संक्रमणलाई मध्यनजर राखी आवाश्यक स्वस्थ्य सजगता अप्नाउँदै सम्पन्न महाधिवेशनले कार्यसमितिको प्रथम उपाध्यक्षमा जनप्रिय टोल समाजकी पवित्रा तमु, द्वितीय उपाध्यक्षमा बगर तमु समाजकी एनशोभा तमु, महासचिवमा फिर्के तमु समाजकी बीना घले, सचिवमा तमु सेवा समिति नयाँबजारकी बालकुमारी तमु, सहसचिवमा मिलिजुली विजयपुर तमु समाजकी बालकुमारी तमु, कोषाध्यक्षमा ताङतिङ दुधपोखरी तमु समाजकी बालकुमारी तमु, सहकोषाध्यक्षमा याङजाकोट तमु समाजकी आसकाशी तमु चयन भएका छन् ।
यसरी नै सदस्यहरुमा खिलाङ तमु समाजकी टिका तमु, चिउली पाचे तमु समाजकी बिष्णु तमु, फूलबारी तमु समाजकी शिवकुमारी तमु, तमु सहयोग समिति पार्दीकी छली तमु, कोल्मा बहाकोट तमु समाजकी बिमला तमु, सिद्धार्थ तमु समाजकी रेखी माया तमु, तनहु तमु समाजकी श्रीमाया तमु, पैयुखोला तमु समाजकी मनमाया तमु र चारभञ्ज्याङ तमु समाजकी बेलकुमारी तमु समाज चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई तमुधिंका द्वितीय उपाध्यक्ष एवम निर्वाचन समितिका संयोजक हुमबहादुर तमुले प्रमाणपत्र वितरण, तमुधिं नेपालकी सचिव तथा निर्वाचन समितिकी सदस्य अधिवक्ता जुनाकुमारी तमुले सर्वसम्मत कार्यसमितिको घोषणाका साथै पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको थियो भने बाझाँपाटन तमु समाजका अध्यक्ष खादा लगाएर सम्मान, चारभञ्ज्याङ तमु समाजका अध्यक्ष प्रदिप तमु र चिउली पाचे तमु समाज आमा समितिकी अध्यक्ष पदमसुवा तमुले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष पञ्चकुमारी तमुले आमा समितिलाई टिम स्पिरिटका साथ क्रियाशील र उदाहरणीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका थिए । नवनिर्वाचित र बिदाई भएका समितिका आमाहरुलाई तमु कलाकार संघ गण्डकी प्रदेश समितिकातर्फबाट अध्यक्ष सुरेन्द्र तमुले खादा लगाएर बधाई एवम सम्मान व्यक्त गरेका थिए ।
निर्वाचन सम्पन्न गर्नका लागि आमा समितिका सल्लाहकार हुमबहादुर तमुको संयोजकत्वमा सल्लाहकार सरस्वती तमु र सल्लाहकार अधिवक्ता जुनाकुमारी तमु सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
यसैबीच तमुधिं नेपाल केन्द्रीय आमा समिति स्थापना कालदेखि क्रियाशील एवम विगत आठ वर्षदेखि आमाहरुको अत्यन्तै उदाहरणीय नेतृत्व गरेकी आमा समितिबाट विदा भएकी अध्यक्ष हरिमाया तमु, सदस्यहरु गीता तमु, दुर्गा तमु, सत्यदेवी तमु, मीना तमुलाई प्रसंसापत्रसहित क्रमुबाट प्रमुख अतिथि हुमबहादुर तमु र नवनिर्वाचित अध्यक्ष पञ्चकुमारी तमुले सम्मान गरेका थिए ।
कार्यक्रममा गत एक वर्षमा सबैभन्दा क्रियाशीलता र योगदानको मुल्यांकन गर्दै फिर्के तमु समाजकी चन्द्रकुमारी तमु(लालु)लाई उत्कृष्ठ आमा, चिउली पाचे तमु समाज आमा समितिलाई उत्कृष्ठ आमा समिति र ब्रेज मेश्रों घान्द्रुक तमु समाजकी ७८ बर्षिया रसकुमारी तमुलाई उष्कृष्ट जेष्ठ आमा २०७७ बाट सम्मानपत्र, क्रमुसहित सम्मान गरिएको थियो।
साधारणरणसभामा महासचिव एनशोभा तमुले प्रस्तुत गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बालकुमारी तमुले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरिएको थियो।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि हुमबहादुर तमुले तमु आमाहरुलाई संगठित, सचेत, क्षमतावान र उद्यमशील बनाउन आमा समितिको योगदानको प्रशंसा गर्दै समतामूलक र सभ्य समाज निर्माता आमाहरुलाई थप क्रियाशीलताका लागि आग्रह गरे ।
तमुधिं नेपाल केन्द्रीय आमा समितिकी अध्यक्ष हरिमाया तमुको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय तमु समाजका अध्यक्षहरुको तर्फबाट तमु सेवा समिति नयाँबजारका अध्यक्ष क्या.रचेबहादुर तमुले शुभकामना व्यक्त गरेका थिए भने कार्यक्रम संयोजक सहसचिव बालकुमारी तमुले कार्यक्रमको जानकारी, प्रथम उपाध्यक्ष पञ्चकुमारी तमुले स्वागत र महासचिव एनशोभा तमुले कार्यक्रम संचालन गरेका थिए ।






