नेपालमा २४ घन्टामा कोरोना अपडेट : ९८० मा संक्रमित, १ हजार ८१४ डिस्चार्ज

SHARE:

काठमाडौं २१ भदौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा थप ९८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कुल संक्रमित ४६ हजार २५७ पुगेको हो ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १० हजार ३८२ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म २८ हजार ९४१ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा १ हजार ८१४ सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

देशभर हाल १७४ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने २१ लाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!