मर्दिखोला आमा समूह हङकङद्वारा कास्कीको माछापुच्छ्रेका पहिरो पीडितलाई ३ लाख सहयोग

SHARE:

पोखरा २२ भदौ । मर्दिखोला सेवा समिति हङकङ र महिला विभाग मर्दिखोला आमा समूह, हङकङको नेतृत्वमा माछापुच्छ्रे गाउँपालिका ८, खोरामुखका पहिरो पीडितलाई ३,०३७,१५ (अक्षरेपी ३ लाख ३ हजार ७ सय १५ रुपैयाँ, हङकङ डलर १९७१५) सहयोग रकम पठाइएको छ ।

मर्दीखोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ, सचिव रामजी पौडेल र कार्यसमिति सदस्यहरुले सोमबार मर्दीखोला सेवा समिति हङकङको महिला विभागका अध्यक्ष रामकुमारी गुरुङ (मोती), सचिव लक्ष्मी गुरुङ, कार्यसमिती सदस्य तिर्थ गुरुङ (नानी) र नानी कमला गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

गत साउन २ को खोरामुखमा गएको पहिरोमा कुमार बिक (१६ वर्ष), समीर बिक (१४ वर्ष) र रोजिना बिक (१६ वर्ष)को ज्यान गएको थियो । रकम आमा समूहलाई हस्तान्तरण भएलगत्तै नेपाल निवासी मर्दिखोला सेवा समिति हङकङका प्रतिनिधि तुलसी गुरुङ र सिर्जना गुरुङलाई पठाइएको र सोही रकम केही दिनमै हस्तान्तरण गर्ने नानीकमला गुरुङले जानकारी दिइन् ।

मर्दिखोला सेवा समिति हङकङले मर्दिखोला भेगमा विभिन्न सामाजिक कार्य लगायत भईपरि आउने विभिन्न आपत विपत, प्राकृतिक प्रकोपहरुमा सहयोग गर्दै आइरहेको छ ।

केहीदिन अगाडि मात्र मर्दिखोला समाज यूकेको आमा समूहका सल्लाहकार कमला गुरुङको उपस्थितिमा पनि सोही पहिरो पीडितलाई २ लाख आर्थिक सहयोग गरेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!