लन्डन भदौ २६ । बेलायतको अल्डरसटमा तीन दिने सेल्फ कोचिङ सुरु हुँदैछ ।
मास्टर कोन्सिकोन्सेस कोच इन्द्र गुरुङले प्रशिक्षण दिने सेल्फ कोचिङ शुक्रबारदेखि सुरु हुने माउस्टेल र अल्डरसट एम्पावरमेन्टका निर्देशक मान गुरुङले जानकारी दिए ।
उनका अनुसार प्रशिक्षण शुक्रबार २ अक्टोबर, शनिबार र आइतबार ४ अक्टोबरसम्म बिहान १० बजेदेखि १ बजेसम्म चल्नेछ ।
७ स्टेपमा सिकाइने प्रशिक्षणमा दुई दिन फलोअप हुने बताइएको छ । कक्षा जूम सफ्टवेयरमार्फत हुने छ ।






