
काठमाडौं ३० भदौ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घन्टाको अवधिमा मंगलबार ४ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।
काठमाडौंमा एक महिला र ३ पुरुष गरी ४ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ८६ वर्षीया महिला तथा ३४, ९६ र ६६ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यस्तै सिराहामा ३५ वर्षीया, बारामा ५५ वर्षीया र रुपन्देहीमा ६४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
यसैगरी सर्लाहीमा ६४ वर्षीय, बारामा ५५ वर्षीय, मकवानपुरमा ६१ वर्षीय र कपिलवस्तुमा ५८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७१ पुगेको छ ।
मंगलबार थप १ हजार ६२ जना डिस्चार्ज भएका छन । आजसम्म डिस्चार्ज हुनेको संख्या देशभरी ४० हजार ६ सय ३८ रहेको छ ।
मंगलबार देशभरी १ हजार ४ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । २४ घन्टामा १० हजार ३ सय ७५ पीसीआर परीक्षणमा महिला ४ सय ४६ र पुरुष १ हजार १३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।






