अन्तत: प्राधिकरणबाट बिदा भए कुलमान घिसिङ

SHARE:

काठमाडौं ३० भदौ । उज्यालो नेपालका संवाहकका रुपमा चिनिएका नेपाल विद्युत प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ अन्तत: प्राधिकरणबाट बिदा भएका छन् ।

चार वर्ष नेतृत्व पूरा गरका कार्यकारी निर्देशक घिसिङलाई प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरी घिसिङलाई बिदाई गरेका हुन् । घिसिङको चार वर्षे कार्यकाल भदौ २८ गते मध्यरातबाट सकिएको हो ।

बिदाई कार्यक्रममा बोल्दै घिसिङले एकजना कार्यकारी निर्देशकले मात्रै सबै कामको जस लियो भन्ने कुरा गलत भएको बताए । घिसिङले अहिलेसम्म कहिं कतै बोल्दा आफूले मात्रै क्रेडिट लिने गरी नबोलेको समेत प्रस्ट पारे । उनले प्राधिकरणका सबै कर्मचारी, मन्त्रालय, सरकार, रानजनीतिक दल सबैको सामूहिक प्रयासबाट मात्रै लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान सफल भएको दोहोर्‍याए । तर प्राधिकरणको हितका लागि आफुले केही कुरामा अडान लिएको पनि घिसिङले बताए ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनको बिदाई भएसँगै अबको कार्यकारी निर्देशकमा को आउँछ भन्नेमा सर्वसाधरणको चासो छ । निमित्त कार्यकारीको जिम्मेवारी भने लेखनाथ कोइरालालाई दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!