नेपाल कोरोना अपडेट : २४ घन्टामा १५ सय ३९ संक्रमित, १ हजार ६८ जना डिस्चार्ज

SHARE:

पछिल्लो २४ घन्टामा मंगलबार थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ५८ हजार ३२७ संक्रमितको संख्या पुगेको जनाए ।

२४ घन्टामा १ हजार ६८ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १०६८ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४१ हजार ७०६ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ७२ हजार २७४ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ४९४ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८२० जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या १६ हजार २४२ जना रहेको छ ।

मृतकको संख्या ३७९ पुग्यो
कोरोना संक्रमणबाट २४ घन्टामा थप ८ को मृत्यु भएको स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । बुधबारको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता गौतमले मृतकमा ४ जना महिला र ४ जना पुरुष रहेको बताए । मृतक महिलामा बाराकी ४६ वर्षीया, काभ्रेपलान्चोककी ५५ वर्षीया, काठमाडौंकी ७१ वर्षीया र ७४ वर्षीया रहेका छन् ।

कोरोना संक्रमणले सुनसरीका ७० वर्षीय, सप्तरीका ३५ वर्षीय, काभ्रेपलाञ्चोकका ४१ वर्षीय र कास्कीका ७० वर्षीय पुरुषको मृत्यु भएको हो । मृत्यु हुने नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको हालसम्म ३७९ पुगेको छ ।

उपत्यकामा एकै दिन ७ सय ३७ संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा नयाँ ७ सय ३७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जना संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!