चट्याङबाट तीन जनाको मृत्यु

SHARE:

गाईघाट, उदयपुर लिम्चुङबुङ गाउँपालिका–२ ताम्लिछामा हावाहुरी र वर्षासँगै बिहीबार साँझ परेको चट्याङबाट तीन जनाको मृत्यु भएको छ ।

ताम्लिछाका कृष्णबहादुर भुजेलका घरमा चट्याङ पर्दा उनकी आठ वर्षीया छोरी विष्णुमाया, ६३ वर्षीय धनप्रताप राई र खड्गबहादुर भुजेलका ११ वर्षीय छोरा कौशलको मृत्यु भएको प्रहरी प्रमुख नवराज भट्टले बताए ।

अन्य दुई पनि घाइते भएको प्रहरीले बताएको छ । अहिले साँझ नै घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको जवान र एम्बुलेन्ससहितको टोली घटनास्थलतर्फ पठाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!