टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेशमा अंकुश

SHARE:

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई अमेरिकी संघीय एक न्यायाधीशले आइतबार रोकिदिएका छन् ।

राष्ट्रपति ट्रम्पको आदेश अनुसार अमेरिकामा आइतबार रातिदेखि टिकटक डाउनलोड गर्न पाइने छैन । यसअघि अमेरिकी बाणिज्य मन्त्रालयले टिकटक प्रतिबन्ध लगाउने आदेशको कार्यान्वयनलाई सेप्टेम्बर २७ सम्म स्थगित गर्ने बताएको थियो ।

राष्ट्रपति ट्रम्पले टिकटक खरिद गर्न इच्छुक अमेरिकी कम्पनीहरु ओराकल र वाल्मार्टले टिकटकमाथि पूर्ण नियन्त्रण गर्न पाउनुपर्ने शर्त अघि सार्नु भएको थियो । यी दुई अमेरिकी कम्पनीले टिकटकको अमेरिका व्यवसाय खरिद गर्न टिकटकको आधिकारिक कम्पनी बाइटडान्ससँग सम्झौता गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!