देशमै सबैभन्दा ठूलो वायोग्यास प्लान्टको उद्घाटन

SHARE:

नवलपरासी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षामान पुनले आगामी दश वर्षभित्र मुलुकमा पर्याप्त विद्युत् उत्पादन हुने भएकाले खाना पकाउनका लागि वर्षेनी आयात गरिने रु २४ अर्ब बराबरको एलपी ग्यासको आयात घटाई बढ्दो व्यापार घाटालाई कम गर्न सकिने बताएका छन् ।

नवलपरासी, रामग्राममा स्थापना गरिएको ठूलो क्षमताको वायोग्यास प्लान्टको उद्घाटन गर्दै मन्त्री पुनले वर्षमा झण्डै साढे सात अर्ब रुपैयाँ बराबरको व्यापार घाटालाई कम गर्न आयातीत इन्धनमाथिको निर्भरता घटाउनु जरुरी हुन्छ भने । जलवायु लगानी कोषको सहयोगमा विश्व बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान तथा एन्भिपावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले सो बायोग्यास प्लान्टको स्थापना गरेको हो ।

उनले ठूला क्षमताका वायोग्यास प्लान्टमा निजी क्षेत्रको ठूलो लगानी रहने र उच्च जोखिम पनि हुने हुँदा यसलाई कम गर्न सरकारले पनि सहयोग गर्न नीतिगत व्यवस्था गरिने बताए ।

कार्यक्रममा प्रदेश नं ५ का भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले फोहरबाट ग्यास निकाल्न सकिने ठूला आकारका वायोग्यास प्लान्ट स्थापनामा प्रदेश सरकारले पनि सहयोग गर्ने उल्लेख गरे ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले नगरपालिकाहरुमा बढ्दो फोहरको समस्या समाधान गर्न यसखालका ठूला क्षमताका बायोग्यास प्लान्ट राख्न सकिए ऊर्जा र वातावरणमा सहयोग पुग्ने बताउँदै देशका विभिन्न ३७ वटा नगरपालिकाले व्यावसायिक ठूला क्षमताका बायोग्यास प्लान्ट गर्न केन्द्रले समझदारी गरिसकेको जानकारी दिए ।

प्लान्टका सञ्चालक सन्दीप अग्रवालले शुरुमा व्यक्तिगत लगानीमा ठूलो प्लान्ट जडान गर्नु जोखिमपूर्ण रहेकाले सरकारले सहुलियत दरमा कर्जा र अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

देशमै हालसम्म जडान भएको सबैभन्दा ठूलो तीन हजार ७५० घनमिटर क्षमताको यस प्लान्टबाट दैनिक १४० वटा सिलिन्डर ग्यास निस्कनुका साथै १२ टन जैविक मल उत्पादन हुने गर्छ ।

जर्मन प्रविधिबाट निर्मित वायोग्यास उद्योगमा दैनिक ३० देखि ४० टन कच्चा पदार्थ प्रयोग खपत हुने गर्दछ । कूल रु २१ करोड लगानी रहेको यस प्लान्टबाट उत्पादित ग्यास हाल ५० भन्दा बढी होटल, रेस्टुरेंट, सिमेन्ट उद्योगजस्ता व्यावसायिक प्रतिष्ठानका लागि विक्री गर्ने गरेको सो अवसरमा जानकारी दियो ।

बायोग्यासमा दैनिक ३६ टन गाईको गोबर, कुखुराको सुली, चिनी मिलबाट निस्कने ताजा मड र अन्य बायोग्यास आवश्यक पर्छ । यसका लागि नवलपरासी, रुपन्देहीका विभिन्न पशुपालन केन्द्रबाट गाईभैँसीको गोबर चितवनबाट कुखुराको सुली ल्याउने गरिन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!