२४ घण्टामा नेपालमा कोरोनाबाट २२ को मृत्यु, थप २ हजार ७१ संक्रमित

SHARE:

काठमाडौं असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट काठमाडौं उपत्यकामा ८ सहित देशभरी थप २२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ महिला र १७ जना पुरुषको मृत्यु भएको हो । काठमाडौंमा ६६ वर्षीया महिला, ६० वर्षीय पुरुष, ७० वर्षीय पुरुष, ७५ वर्षीय पुरुष र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै ललितपुरमा ४९ वर्षीय पुरुष, भक्तपुरमा ४४ वर्षीय पुरुष र ५७ वर्षीय पुरुषको मृत्यु भएको छ । यसैगरी चितवनमा एक ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै एक उमेर नखुलेका पुरुष, ४७ वर्षीय पुरुष र ९८ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस्तै सुनसरीमा ६२ वर्षीया महिला, ६५ वर्षि पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष मकवनपुरमा ८५ वर्षीया महिला सिन्धुपाल्चोकमा ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै नुवाकोटमा ७७ वर्षीय पुरुष, रुपन्देहीमा ६० वर्षीय पुरुष, ६१ वर्षीय पुरुष र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ । यो सागै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ ।

आइतबार २ हजार ७१ जना नयाँ कोरोना संक्रमित थपिएका छन । १२ हजार ४ सय २७ पीसीआर परीक्षणमा ७ सय २ जना महिला र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ ।

देशभरी सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय १५ रहेको छ । यस्तै १ हजार ५ सय ५२ जना संक्रमित मुक्त भएर घर फर्किएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!