फोनिज यूकेको अध्यक्षमा पुन: प्रमिला निर्वाचित

SHARE:

जमुना पुन

लन्डन कात्तिक ९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा पुन: प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् ।शनिबार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालकाँ लागि अध्यक्ष, उपाध्यक्ष गोमा राना, महासचिव कमान सिंह कर्मा पहाडी शेर्पा, सचिव भीमल राई, कोषाध्यक्ष सुशीला गुरुङ चयन गरेको हो ।

यस्तै सदस्यहरुमा विश्वजित थापामगर, सविन्द्रकुमार गुरुङ, डा. महा राई, विसनबहादुर गुरुङ, जानु काम्बाङ लिङ्देन छन् । १३ सदस्यीय कार्यसमितिका विभिन्न पदमा निर्वाचित पदाधिकारी एवम् सदस्यलाई निर्वाचन समितिका प्रमुख मेजर रि. सोनाम छिरिङ शेर्पाले शपथ ग्रहण गराएका थिए । निर्वाचन प्रक्रिया संचालन गर्ने शेर्पा नेतृत्वको समितिमा नरेश खपांगीमगर र विमला सेने सदस्य थिए । नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । फोनिज यूकेमा ४ दर्जन पत्रकार एवम् सन्चारकर्मी सदस्य छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!