काठमाडौं । ब्रिटिस आर्मीका क्याप्टेन दुर्गाप्रसाद गुरुङको निधन भएको छ ।
समाजसेवी, आदिवासी अभियन्ताका रुपमा समेत परिचित क्याप्टेन गुरुङको २१ मे २०२६ मा काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा निधन भएको हो । दुर्गाप्रसादको शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार दुर्गाप्रसाद केही महिनादेखि अस्वस्थ थिए । उनी सन् १९४७-१२-५ मा जन्मिएका थिए । उनका छोरा अशोक गुरुङ नेपाली सेनाका सहायक रथी छन् ।
दुर्गाप्रसाद गुरुङ समाजसेवा नै धर्म हो भन्नेमा प्रेरित गराउँथे । उनी दिनरात नभनी आफ्नो समाज, इतिहास, पहिचानका निम्ति सधैँ खटिएको उनका भतिज जितेन गुरुङ स्मरण गर्छन् ।
दुर्गाप्रसाद राष्ट्रिय जनमुक्ति पार्टीमा पनि आबद्ध थिए ।






