पोखरा । स्याङ्जाकी बत्तिकुमारी थापा दोस्रो गण्डकी लोकतारा बन्न सफल भएकी छिन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको शनिबार पोखरामा भएको ग्राण्ड फिनालेमा थापा प्रथम भएकी हुन् । उनले ५५ हजार ५५५ रुपैयाँ, ट्रफि, मेडल, प्रमाणपत्र पुरस्कार पाएकी छन् । साथमा उलने रमेश विजीको लय/शब्दमा अडियो गीत निःशुल्क रेकर्डिङ गर्ने अवसर प्राप्त गरेकी छन् ।
लमजुङका योगेश परियार द्वितीय, बागलुङकी ललिता घर्ती मगर तृतीय भए । दोस्रो हुनेले ३३ हजार ३ सय ३३ नगद तथा ट्रफि, मेडल, प्रमाणपत्र पाउनुभएको छ भने तेस्रो हुनले २२ हजार, २ सय २२, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गरेका छन् ।
कास्कीका समिर पुन सान्त्वना हुन सफल हुनुभयो । सान्त्वना स्थान हासिल गर्नेले ११ हजार, १ सय ११, ट्रफि, मेडल, प्रमाणपत्र पाएका छन् ।
अन्तिम प्रतिस्पर्धामा पर्वतका शोभा परियार, म्याग्दीका शक्ति छिनाल, तनहुँका मन्दिरा थापा मगर, गोरखाका निश्चल गुरुङ, स्याङ्जाकी बत्तीकुमारी थापा, नवलपुरका गणेश विक, मुस्ताङका सबिता छिनाल र मनाङका ममता तामाङ पुगेका थिए ।






