हरिकाजी गुरुङ (लेकाली ठीटो)
(नोट : भोट बर्मेली, तिब्बतियन, चिनियाँ पात्रहरूमा जीवजन्तुहरूको आधारमा १२ वटा वर्ग बनाइएको छ । यो चक्र प्रत्येक वर्ष घुमिरहन्छ । नेपालमा शेर्पा, तामाङ, थकाली र गुरूङ जातिहरूमा यसैको आधारमा ल्हो तुब हुन्छ । यसलाई हामी ल्होछार/ ल्होसार भन्छौं । अथवा नयाँ वर्ष । जापान, कोरिया, पूर्बी एशियाली मुलुकहरू, मंगालिया र चिनियाँहरू यही ल्हो चलाउने गर्छन् ।)
तर मेरो आजको लेखको आशय ल्हो सिस्टमको बारेमा होइन । मेरो लेखको अभिप्राय भने घोडा वर्गमा जन्मिएका महत्त्वपूर्ण ब्यक्तित्वहरू र उहाँहरूलाई उनेर केही रमाइला म्यासेज दिन खोजेको छु । साथै हाम्रो वरिपरिका ब्यक्तित्वहरुलाई पनि जोडगाँस गरी ठट्यौलीमा समालेको छु ।
(प्रसङ्ग- उठेको चाहिँ हिजो (आइतबार) को बक्सिङ हेरेपछि हो । साथै तमुहरूको नयाँ वर्ष पुस पन्ध्र -ल्होछार/ल्होसार घरआँगनमा आएकोले पनि सान्दर्भिक हुन सक्तछ ।)
मेरो बक्सिङको हिरो र नम्बरी (जन्म १९६६- घोडा वर्ग) माइक टाइसन हिजो राति ५४ वर्षको उमेरमा ५१ वर्षे रोय जोन्ससँग रिङ्गमा भिडे । दुबैजना आफ्ना जमानामा असाध्यै नामुद खेलाडी हुन् । दुई मिनेटको राउन्ड थियो र आठ राउन्ड खेलाइएको थियो ।
खेल बराबरीमा टुङ्गिए तापनि टाइसनको उत्साहमा कुनै कमी देखिएको पाइएन । दुई वर्षअघि मात्र अवकाश लिएका जोन्स थकित देखिन्थे । तर पन्ध्र वर्षपछि रिङ्गमा फर्किएका टाइसनले अझै केही खेल्ने कुरा बताएका छन् । यसको मतलब घोडा वर्गका मान्छेहरूमा उत्साहको कमी हुन्न…. खासै बुढ्यौलीको संकेत पाइन्न भन्ने हो ।
टाइसनलाई नम्बरी भनी काखी च्यापेको कुरा आरोप लगाउन सक्नुहुन्छ । तर १९७८ मा जन्मेका Manny Pacquiao, ४२ वर्ष ठीटोको फुर्ती पटक्कै घटेको छैन बा ! उनले एकसे एक विश्वबिख्यात् बक्सरहरूलाई हराएका छन् । अझै पनि उनी १८-२० वर्षका बक्सर जत्तिकै खेल्न सक्छन् । आठ डिभिजनका एकमात्र च्याम्पियन म्यानीलाई सोधिएमा रहस्य के हो भनी सोधे सायद घोडा वर्गको मान्छे हुँ …त्यसैले भन्न बेर छैन । सन् १९९० मा जन्मेका मेक्सिकन मूलका Carelo Alvarez च्याम्पियन हुन् । बक्सिङमा घोडा वर्गका सबैभन्दा सम्भावना भएका खेलाडी हुन् ।
फेरि तीन जनाले मात्र मेरो दाबी फितलो भएको भनी भन्नुहुन्छ भने केही नामहरू थप्ने अनुमति माग्दछु । स्वर्गीय व्यकतित्वहरु – नेल्सन मन्डेला-१९१८, बोरिस यल्सिन- १९३१, किम जुङ्ग उन-१९४२, Neil Armstrong-१८३०, M. Gaddafi-१९४२ र Kobe Bryant-१९७८ सबै घोडाका हुन् ।
नामुद बास्केटबलको खेलाडी Kobe मृत्यु केही महिनाअघि हेलिकप्टर दुर्घटनामा भएको थियो । RIP. त्यसैगरी चलचित्र जगतका दुईजना महारथीहरू 1)Jackie Chan-१९५४ 2) Amitabh Bachan-१९४२ ज्याकी चान, घोडा वर्गका हुन् र धेरै रमाइला किस्साहरू छन् ।
चट्ट मीठो खान मन परेमा विश्वप्रसिद्ध सेफ नम्बरी घोडा वर्ग-Gordan Ramsay-१९६६ लाई सम्झनु पर्दछ ।
बस सबै क्षेत्रमा घोडा वर्गको पहुँच छ।
राजनैतिक क्षेत्रका पदासिन व्यक्तित्वहरू Shinzo Abe-१९५४, Angela Markel- १९५४, Trump लाई नकआउट हानी भर्खरै अमेरिकी राष्ट्रपतिमा बिजयी भएका Joe Biden-१९४२ !
यी सबै घोडा बर्गका हुन् ।
विश्वको पहिलो इकोनोमी यएसए,
तेस्रो इकोनोमी जापान र चौथो इकोनोमी जर्मनी सबै घोडा वर्गको हातमा गयो ।
के यो सानो घटना हो ?
संयोगमात्र हो त ?
अवश्य होइन । तमुधिं यूकेको वरिस्ठ उपाध्यक्ष मेरो नम्बरी, हित काजी पनि घोडा वर्ग हुनुहुन्छ । सायद घोडा वर्गको दबादब भएको बेला उहाँले बाजी मार्न बेर छैन । फेरि निर्वाचन समितिमा पनि एकेन्द्र सर हुनुहुन्छ । पाँचवटा गुरूङ चलचित्र, दुई किताब, धेरै गीतहरू लेख्नुभएको छ । उहाँ पनि-१९५४-घोडा वर्गको हुनुहुन्छ ।
उहाँलाई बुढो भन्ने कस्ले ?
म पनि परेँ उही घोडा वर्ग । ४८ वर्षपछि मात्र जीवनको मोड चेन्ज गरेको ।
बुढो मेरो मगजमा छैन । अझै पनि दैनिक धेरै समय केही न केही सकारात्मक क्रियसनमा बिताउँछु ।
पीपल मोर्गेजलाई सात नम्बरको गियरमा कुदाएको मेरो भाइ सूर्यप्रकाश गुरुङ-(१९७८- घोडा वर्ग) । ३३-३४ जनाको रोजीरोटीसँग जोडिएको जुझारु युवा उद्यमी हुनुहुन्छ । उहाँको समय पुरै आधा शताब्दी छ ।
सोल्टी, सुमलकुमार गुरूङ (१९५४- घोडा वर्गले ) ६ किताबहरू प्रकाशित गर्नुभएको छ । एक पुस्तक उहाँको बारेमा लेखिएको छ । हालैमात्र MA In Buddhist Studies सक्नुभएको छ । ६६ वर्षमा MA सक्नु बुढ्यौलीको होइन तरूण भएको संकेत हो ।
घोडा वर्ग जुनसुकै उमेर समूहका किन नहुन् जोस् धेरै छ, उर्जावान् छन् !
घोडा वर्ग (त ल्हो) को दिन फिरेको हो कि क्या हो भन्ने लाग्यो । साथै मैले टिपोर्ट गरेको पात्रहरू मेरो सम्पर्कमा रहेका यूकेका मात्र परे, क्षमा चाहन्छु ।
मेरो विश्लेषण कस्तो लाग्यो ?
तपाईं सहमत वा असहमत हुन सक्नुहुन्छ ….कमेन्टको लागि स्वतन्त्र हुनुहुन्छ । रमाइलोसँग अन्य पात्रहरूका नाम पनि जोडिएकोले अन्यथा नलिइदिनुहुन अनुरोध गर्दछु ।