सन् २०२० धेरै पीडादायक रह्यो । कोभिड १९ दशा र महादशा भई देखा पर्यो । कतिपयले ज्यान गुमाउन पर्यो, कतिपयले मृत्युको मुखबाट उन्मुक्ति पाए । कतिपयलाई सातो लिएर छोड्यो । दुःखको साथ भन्नैपर्छ मैले नजिकका आफन्तहरू गुमाएँ ।
आर्थिक मामिला धेरै पीडादायी भएको पाइयो । हामी बस्ने मुलुक बेलायत सबैभन्दा अप्ठ्यारो अवस्थामा आइपुगेछ । कोरोनाले झ्याँकेको, झ्याँकै छ । जी ७ का सबैभन्दा विकसित वा आर्थिक शक्तिहरूमा सबैभन्दा बढी क्षति यसैले बेहोर्नुपर्यो । यही अप्ठ्यारो बेलामा यूरोपसँग महँगो पारपाचुके (Brexit) गर्नुपर्यो ।
उता विश्वको दादा अमेरिकीहरूको आगामी दिन सहज छैन भन्ने कुरा भनिरहनु परेन । भर्खरै मात्र आएको आँकडाहरूले २०२८ मा हालको दोस्रो वा उदाउँदो शक्ति चीनले उनको नम्बर एकको श्रीपेच खोस्ने निश्चितै भएपछि विक्षिप्त भएको छ बिचरा अमेरिका ।
मैले भन्ने गरेको छु…यो सभ्यताको लडाइँ हो। पछिल्लो ४५०-५०० वर्ष अमेरिकी र पश्चिमीहरूले चलाएको ह्वाइट सुपरमेसी, क्रिश्चियन-यहुदीको बोलवाला भएको वित्तीय प्रणाली, शिक्षा प्रणाली, उनका सबै खालका मान्यता र दर्शनमा समीक्षा गर्ने बेला आएको छ ।
उसो त भित्रभित्र मक्किएको थियो…कोरोनाको निहुँमा अब भत्किएको छ । अब नयाँ हिसाबकिताब गर्नुपर्ने हुन्छ । नयाँ समीकरण गर्नुपर्ने अवस्थामा आइदियो ।
बुद्ध, ताओ, कम्फुसियस मा विश्वास राख्ने चिनियाँहरू खुलेर आधिकारिकरूपमा धर्म लेख्ने वा खुलाउने गर्दैनन् । यदि चिनियाँहरूले धर्म लेख्न थालेमा हालैको सबैभन्दा बढी क्रिश्चियनको संख्याभन्दा बुद्ध धर्मलम्बीहरूको संख्या बढी हुन आउँछ । एउटा कुरा गज्जबको छ… चिनियाँहरूलाई धर्म लेख्ने हो भने कम्युनिस्ट पार्टी सदस्य हुन पाउँदैनन् । यी विषय नेपालका कम्युनिस्ट पार्टीहरू वा व्यक्तिहरूले मनन गरेमा राम्रो हुनेछ कि !
मैले जोड्न खोजेको कुरा पछिल्लो चार/पाँच सय वर्षदेखिको एकछत्र वर्चस्व कायम गरी संसार हाँक्नेहरूको लागि धर्म नमान्ने….झनै कम्युनिस्टहरूले ओभरटेक गर्दा अमेरिकीहरू वा पुँजीवादीहरू विक्षिप्त भएका छन् । उदाहरणका लागि, चीन र भारत बीचमा अमेरिकी भूमिका, स्वतन्त्र तिब्बतको लागि गरिएको खर्च र प्रपन्च, उत्तरपश्चिमका अल्पसंख्यक मुस्लिममा उईगुरहरूलाई उक्साउने काम, हङकङ र चीनको तनावमा पसिरहने, ताइवान र चीनको टेन्सनमा खेल्ने, नेपालमा एमसीसी प्रकरण, दक्षिणीपुर्वी चीन सागरमा उनले गरेका गतिविधि… कोरिया, फिलिपिन्स, जापानलगायत धेरै देशहरूमा उनको सेना र उनीहरूको खर्चपर्च ! ऊ पहिले सोभियत संघ (रसिया)लाई र हालमा चीनलाई घेर्ने, निहुँ खोज्ने, लडाइँ गर्नेसम्मको वा सबै खालका शक्ति प्रयोग गर्न उद्यत छ ।
पछिल्लो केही वर्षदेखि ट्रेड वार र हालमा चिनियाँ दुई सयभन्दा बेसी कम्पनीहरूलाई अमेरिकाले डिलिस्टिङ्ग गरेको छ । रमाइलो कुरा त के भने धेरैजसो चिनियाँ कम्पनीहरू अमेरिकी PCAOB मा दर्ता भएकाहरू छन् । सार के हो भने ऊ कसैलाई मिल्न दिँदैन । केही न केही भूमिका खोज्छ, फट्याइँ गर्छ अनि हतियारको व्यापार गर्दछ । उनको साम्राज्य जुटाएर होइन फुटाएर, लडाएर, तहसनहस गरेरमात्र टिकेको छ । ऊ जसरी पनि चीनलाई पहिलो नम्बरमा उक्लन नदिन सबै प्रकारका हर्कत गर्दैछ ।
मेरो आशय सी जीनपिङले सबै ठीक गरिरहेका छन् भन्ने होइन । अब चाहिँ पावर फरक कोर्समा जाँदैछ । चीनलगायत दक्षिणीपूर्वी एशियाली राष्ट्रहरू इमरजिङ्ग पावर हो भने अमेरिकी वा पश्चिमीहरू फलिङ्ग !
प्रोपर्टी मार्केट-
झन्डै हाउजिङ्ग मार्केट टार्ट पल्टिन लागेको बेला चान्सलर सुनकको Stamp Duty Holiday को incentive package ल्याए । बल्ल धरासायी हुन थालेको मार्केट बौराउन थाल्यो । केही सकारात्मक सन्देश दिन सक्यो । कतिलाई पहिलोपटक Property Ladder मा चढ्न मद्दत गर्यो । त्यसैगरी दोस्रो वा त्योभन्दा बेसी घर जोड्नेलाई पनि झन्डै आधा सहुलियत भयो । हाम्रा नेपालीहरुले सदुपयोग गरेको पाइयो । स्याबास् नेपाली हो ..मिहिनेत गर्दै… घर थप्दै जानुपर्छ ।
प्रोपर्टीका विभिन्न strategy (रणनीति) छन् । B2Lठीक छ । R2B सधैं ठीक हुने कार्यक्रम हो । मेरो HMO हरूमा ९० प्रतिशत ठीकै भयो । नचाहँदा नचाहँदै पनि Section 21 र Section8 को डन्ड उठाउनुपर्यो । Eviction Notice अलि बदमासी गर्ने वा खराब नियतको टेनेन्टहरूलाई अलि प्रोत्साहन गरेको पाइयो । यो तीन महिनाबाट ६ महिना क्रमश: बढाएर हालैमात्र १८ महिना पुर्यायो। घरबेटी हुन चाहनेले विचार पुर्याउनुहोला…. चिप्लिने ठाउँहरू छन् । बुद्धि नपुराएमा भाडा त गुमाउँदै जानुहुन्छ नै…जीवनभर त्यही घरमा ज्वाइँ पालेझैं गरी पाल्नुपर्ने अवस्था नआउला भन्न सकिन्न… ।
यो पुँजीवादी/सोसलिष्ट देशमा कतै कम्युनिस्ट देशको गरिब वा स्वघोषित अल्छीहरूलाई सहुलियत बढाउँदै लगेको छ। उता कम्युनिस्ट देश चीनमा अर्बपति बढ्दै जाने र पुँजीवादी बेलायतमा गरिब/अल्छीहरूले सहुलियत दिँदै जाने… अरे शब्दजाल भयो …क्यानाम डिस्टर्ब ! जहाँ पनि भोटको राजनीति यार.. ।
कोभिडको बेला दुई बेडको बङ्गलो किनेर चार/पाँच बेडरूमको बनाएर भर्खरै सरेँ । यो मेरो सातौं प्रोजेक्ट हो । भित्ता, छतबाहेक सबै चेन्ज गरेँ । निकै जानेको छु जस्तो लागेको थियो । तर जान्नुपर्ने अझै धेरै नै रहेछन् भन्ने अनुभूती भयो । डिस्काउन्टेड दाममा किनेर भ्यालु एड गर्ने तरिका छ…सायद अब भ्यालुएसन गर्ने हो भने झन्डै डबल हुन्छहोला । कसैलाई सहयोग पुग्दछ भने म प्राइभेटमा सियर गर्न सक्छु ।
सियर / स्टक मार्केट –
कृपया स्टकलाई ग्याम्लिङ्ग हो भनी नबुझीदिनुहोला । सतही कुरा नबुझीकन एउटा धारणा बनाइन्छ भने तपाईंको उन्नतिमा तगारो बन्न सक्दछ। विभिन्न खालका स्टकहरू छन् । रिक्स र रिवार्ड त्यही मुताबिक हुन्छ । स्टक त्यही हो तर कुन फेजमा छ बुझ्न जरुरी छ। हामीले गर्नुपर्छ र नलेजबेस क्षेत्रमा हामी घोलिनुपर्छ नत्र हामी पछि पर्छौं कि भन्ने मात्र हो ।
मेरो अनुभव सियर गर्ने अनुमति दिनुहोला ।
पछिल्लो एक दशकको अनुभवमा यो गज्जबको इलम लाग्यो । मेरो रोजाईका सियरहरू गज्जबले बढिदिए.. गज्जब भयो । तर Cryptos मा मेरो फुटिङ्ग गलत टाइममा पर्यो कि भन्छु म । मलाई घाटा लाग्यो । उदाहरणका लागि NIO मैले $12.86 को दरमा किनेँ । अगष्टको पहिलो साताको सियर नोभेम्बर अन्ततिर $55 वरिपरि पुग्यो । बीचमा सानो खटनपटन भई $39 तिर झरेको थियो । हालमा केही उकासिएर $48.74 पुग्यो । यो झन्डै 400% बढेको छ।
Tesla सँग मेरो साह्रै प्रेम छ । सन् २०१७-१८ तिर किनेको हुनाले मलाई झन्डै १६०० प्रतिशत नाफा दियो। Tesla गत सालमात्र ६९६.१ प्रतिशत बढेको थियो । तर बीचबीचमा मैले लोभले वा डराएर बेच्ने र किन्ने गरेँ । ठीकबेठीक आफूले होइन रिजल्टले भन्दोरहेछ… राम्रो पैसा बनाउन पाइयो । अन्य…
लेखको आशय यस्तो होइन कि लगानी गर्दैमा नाफा भइहाल्छ वा म फेरि पनि सक्दछु भनी ग्यारेन्टी … सबै गुम्न पनि सक्दछ । म फाइनान्सीयल एड्भाइजर नभएकोले मैले यस्तो गर्नु वा नगर्नु भन्न मिल्दैन । न त उनीहरूले मलाई कमिशन नै दिन्छन्…मेरो लेख नितान्त इन्टरटेमन्ट प्रोपोज वा केही एजुकेसनल प्रोपोजकने हो । गर्दा हुँदोरहेछ भन्ने वा इनकरेजिङ्गको लागि हो ।
(New Year Resolition) मौकामा म कस्तो रहेछु भनी मेरो विश्लेषण गरेको छु…. सुन्नुहोला……
म गल्ती गरिरहने, फेरि उठ्ने, लड्ने सिक्ने गरिरहने… झेउ नमान्ने कोसिस गरिरहने….भैरे टाइपको मान्छे रहेछु, एउटा रहर गरिरहने उदेकलाग्दो मान्छे हुँ जस्तो लाग्दछ । मन नलाग्ने काम जति गर्नु भने पनि नगर्दो रहेछु… फेरि आफूलाई मन परेको चाहिँ सत्रअठार घण्टा पनि खट्ने ।
अल्छी भनौं होइन… होइन भने हो जस्तो…
यस्तो अराजक मान्छे भनी भाटे कारबाहीस्वरूप मलाई बुढी (झुमा)ले बेलुकी खान दिन्नन् हजुर ! यो नयाँ वर्षमा पोल खुलाएँ… (हहह…) अन्य धेरै छन् यो छोटो लेखमा सम्भव भएन । मैले जानेको सियर गर्ने र अरूबाट पनि सिक्ने गरेको छु । छ/सातवटा समूहसँग आबद्ध छु । केही किताबहरू, अनलाइन (पैसा लाग्ने) र मेन्टरहरू मेरा ज्ञानका श्रोतहरू हुन् ।
अन्तमा,
तपाईंको यो साल फलोस्.. फुलोस्, घर नहुनेले घर किन्नुहोला, हुनेले थप्दै जानुहोला । बैंकमा पैसा राख्नुभन्दा गतिलो मान्छे खोजेर लगानी गर्नुहोला ।
जे जे व्यवसायमा लाग्नुभएको छ नाफा कमाउन शुभकामना ।
फरेक्सवालाहरूलाई शुभकामना ।
स्टकका साथीहरूलाई अझै पैसा बनाउन शुभकामना ।
बस् आजलाई यत्ति गरौं हुन्न र ?