आरोही निर्मल पुर्जासहित १० नेपालीको टोलीले बनायो केटू हिमाल चढेर कीर्तिमानी

SHARE:

काठमाडौं माघ ३ । आरोही निर्मल पूर्जासहित १० नेपालीहरुको टोलीले विश्वकै दोस्रो अग्लो चुचुरो केटू हिमाल चढेर कीर्तिमानी बनाएको छ ।

पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका छन् । चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन ।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, शनिबार नेपाली समय अनुसार सवा ४ बजे नेपाली आरोहीहरुको टोली चुचुरोमा पुगेको हो ।

सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् ।

केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’यो हिमाल आरोहणका लागि म्याग्दीका पुर्जासहित १० नेपाली करिब महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए । गत आइतबार तीव्रगतिको हावाले ६६ सय मिटरमा राखिएको दोस्रो शिविर उडाइदिएपछि र्कितिमानी आरोही पूर्जासहित नेपाली आरोहण दल ४६ सय मिटरमा रहेको केटू हिमालको आधार शिविरमा फर्किएका थिए ।

यो दोस्रो प्रयासमा उनीहरु आरोहण गर्न सफल भएका हुन् । यसअघि वसन्तकालीन याममा यो हिमाल आरोहण गरिसकेका पुर्जाले मंगलबार मौसममा सुधार आएमा अलि ठूलो भारीका साथ ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौथो शिविरसम्म बाटो बनाउँदै जाने योजना रहेको उल्लेख गरेका थिए । पुर्जा यसअघि बेलायती सरकारको स्पेसल फोर्समा कार्यरत थिए । मासिक १४ लाख हाराहारी पारिश्रमिक भएको सैनिक जागिर छाडेर उनी गत वर्षदेखि आरोहणमा लागेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!