नेपाली पर्या कविता प्रतियोगितामा धादिङका राजेन्द्र भट्ट प्रथम

SHARE:

हङकङ । नेपाली पर्या कविता प्रतियोगितामा धादिङका राजेन्द्र भट्ट प्रथम भएका छन् ।

गैर–आवासीय नेपाली संघ हङकङको आयोजनामा गत २२ अप्रिल भएको प्रतियोगितामा भट्ट प्रथम भएका हुन् । मानवले प्रकृतिबाट सबै पाएको छ, तर आज प्रकृतिलाई सम्मान होइन, शोषण र ढोंग मात्र दिन्छ, त्यसैले रुखले मानवको ‘कविता’ र ‘पर्यावरणीय नाटक’बाट निवृत्त हुने घोषणा गर्छ भन्दै, “रुखको रिटायर्मेन्ट पत्र” शीर्षकमा कविता कोरेका कवि भट्ट वातावरण, इतिहास, संस्कृति र पर्यटनसम्बन्धी विषयमा लेखन तथा अनुसन्धानकर्ता पनि हुन् ।

“मैलो क्यानभासको निस्सासिंदो यात्री” कविताका रचयिता निर्जला लम्साल दोस्रो भए । नुवाकोट सूर्यगढीमा जन्मेर हाल टेक्सस स्टेट युनिभर्सिटी, अमेरिकामा अध्ययनरत छन् ।

तेस्रो स्थान “आकाश माथि धुवाँको हस्ताक्षर” शीर्षकको कविताले प्राप्त गर्न सफल भयो । उक्त कविता झापा बिर्तामोडकी अन्चु सुबेदीले लेखेका हुन् । यसका अतिरिक्त प्राप्त तीनसय भन्दा बढी रचनाहरूबाट २० उकृष्टलाई शान्त्वना पुरस्कारबाट सम्मानित गरिएको छ । २० सान्त्वना पुरस्कारबाट पुरस्कृत हुनेहरूमा क्रमशः मुरारी सिग्देल, नरोत्तम श्रेष्ठ (काठमाडौं) राजु उवरकोटी (तनहू), राजु उवरकोटी (दार्चुला), प्रताप चौलागाई (काभ्रेपलान्चोक), जमुना भटटराई (अमेरिका), भरत थापा (धनकुटा), गोमा श्रेष्ठ (लम्जुङ), सुदर्शन प्रधान (अष्ट्रेलिया), डा. आस बहादुर तामाङ (लम्जुङ), गायत्रि कुलुङ (पूर्वी अफ्रिका), होम रानामगर (हङकङ), डा. कमला तामाङ (मिरिक भारत), डा. नबीनबन्धु पहाडी (धादिङ), दीर्घबहादुर चन्द (काठमाडौं), राजेश सापकोटा (नर्वे), रोसन आपगाई (जापान), सिमा ढुंगाना (जर्मनी), डा. देवेन सापकोटा (असम भारत), डिइबी सिकारु (जापान), सुशिला शर्मा धमला (ओखलढुंगा) पुरस्कृत भएका छन ।

गैर–आवासीय नेपाली संघ (एनआरएनए) हङकङ राष्ट्रिय समन्वय परिषदद्धारा आयोजित पहिलो साहित्यिक कार्यक्रमलाई गैर–आवासीय नेपाली संघ केन्द्रका उपाध्यक्ष तथा साहित्य बिभाग प्रमुख बिश्वास दीप तिगेलाले ‘पर्या कविता प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली साहित्य प्रति समर्पित रहेका सम्पूर्ण सहभागी स्रष्टाहरूलाई साहित्यिक सेवाको उच्च कदर गर्दै हार्दिक सम्मान अर्पण ब्यक्त गरे ।

रचनाकारहरूका शब्दहरूले प्रकृतिको पीडा बोले, वातावरणको चेतना जगाए र नेपाली साहित्यलाई विश्वसामु उज्यालो बनाउने काम गरे, तिगेलाले “यही नै हाम्रो सामूहिक गर्व भएको बताए । उत्कृष्ट सिर्जना मार्फत मन जित्न सफल विजेताहरूलाई हार्दिक बधाई तथा उज्ज्वल साहित्यिक यात्राका लागि शुभकामना व्यक्त गर्दै साहित्यकारहरूको कलमले वातावरणीय चेतना फैलाउने मात्र होइन, नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहिचानलाई अझ सबल बनाउने विश्वास लिएको बताए ।

यस्तै यस प्रतियोगिताको विश्व संयोजक रहेका बिजय हितानले “विश्व पर्या कविता प्रतियोगितामा भाग लिनुहुने सम्पूर्ण स्रष्टा कविहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दै स्रष्टाहरूको कलमले पर्यावरण संरक्षणको सन्देशलाई अझ सशक्त बनाएको बताए साथै यस प्रतियोगितामा विजयी हुन सफल सम्पूर्ण कवि मित्रहरूलाई हार्दिक बधाई दिए । फक्सटन, वेलायत निवासी हितान नेपाली पर्या साहित्य प्रतिष्ठानका अध्यक्ष हुन् ।

साहित्यकार राजकुमार राई प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रतियोगितामा प्राप्त रचनाहरूलाई राधिका गौतम कल्पित, लक्ष्मी रुम्बा र भावेश भुमरीले निर्णायक भूमिका निभाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!