‘चिमखोले फेसबुक समूहद्वारा हाजिरीजवाफ प्रतियोगिता सम्पन्‍न

SHARE:

 चिम्खोले काइँला

बेलायत माघ ११ । गत आइतबार माघ ११ गते म्याग्दी रघुगंगा गाउँपालिका–७ चिमखोलामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

चिमखोला वरपरका आधारभूत तह तथा १ देखि ५ क्लाससम्मका विद्यालयका बालबालिकाहरुको बिचमा यो हाजिरीजवाफ प्रतियोगिता विगत १० बर्षदेखी बिभिन्न बिद्यालयहरुमा सम्पन्न हुँदै आइरहेको थियो । यस वर्ष अमर माध्यमिक बिद्यालय चिमखोला र चिमखोले फेसवुक समूहको संयुक्त आयोजनामा चिम्खोलामा सम्पन्न भएको छ। यस प्रतियोगितामा विभिन्न ९ विद्यालयले सहभागिता जनाएका थिए । यस कार्यक्रम आज भन्दा दश बर्ष पहिला चिम्खोलामा जन्मिएका हाल पौवाफांट निवासी बिरन पुनको परिकल्पनामा संचालनमा ल्याएका थिए भने अक्षयकोष स्थापना गर्न चिमखोला निवासी दुत पुन र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दाना निवासी कमल पुर्जा लगायत देश तथा विदेशमा रहेकाहरुका चिम्खोलेहरुले सहयोग गरेका थिए।

उक्त प्रतियोगितामा अमर मावि चिमखोला प्रथम, जनसुन्दर आधारभुत विद्यालय पात्लेखर्क द्धितिय, जनता मावि दग्नाम तृतिय र जनसेवा आधारभुत विद्यालय मंगले सान्त्वना हुन सफल भएका थिए । प्रतियोगितामा प्रथमलाई नगद रु ५ हजार सहित शिल्ड र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । त्यसैगरि द्धितिय, तृतिय , सान्त्वना र सहभागी विद्यालयलाई क्रमशः नगद रु ३ हजार, २ हजार, १ हजार र स्टेशनरीको साथमा प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष देउप्रसाद पुनले कार्यक्रम दशौँ बर्षसम्म संचालन गर्न सफल भएकोमा चिम्खोले फेसबुक समूहलाई हार्दिक धन्यवाद ज्ञापन गरेका थिए। चिम्खोले फेसबुक समूहका अध्यक्ष गणेश पुनले यस प्रतियोगितालाई निरन्तरता दिनुको साथै स्वस्थ क्षेत्रमा पनि जानपर्ने जोड दिएका थिए ।

कार्यक्रममा चिमखोले फेसवुक समूहका अध्यक्ष गणेश पुन, वडा अध्यक्ष देउप्रसाद पुन , समूहका कार्यकारी प्रमुख विरन पुन, लगायतले विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए । समूहका महासचिब क प्रसाद थापाको स्वागतमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हिस्टोरी पाईजा र महासचिब थापाले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो भने कार्यक्रममा नृत्य समेत प्रस्तुत गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!