लन्डन फागुन २ । नेकपा निकट प्रवासी नेपाली एकता मञ्च (ओेएनयूएफ) यूकेले पार्टी विधानविपरीत काम गरेको भन्दै केपी ओली समूहबाट अध्यक्ष चुनिएका भक्त गुरुङसहित केही नेताहरुरुलाई कारबाही गर्न सिफारिस गर्न केन्द्रमा सिफारिस गरेको छ ।
राजेन्द्र पुडासैनीको अध्यक्षतामा शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो शनिबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा जानकारी दिइयो । अध्यक्ष पुडासैनीले पार्टी नीतिविपरीत गुटगत भेला गर्ने काममा संलग्न पाइएकोले भक्त गुरुङलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्न केन्द्रलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको जानकारी दिए ।
गुरुङले नेकपा विभाजनपछि सुरुमा प्रवास समूहमार्फत काम गरे पनि ओेएनयूएफको नाम चोरेको आरोप पुडासैनीको आरोप छ । बैठकले पार्टी विरुद्धको गतिविधिमा लाग्नेहरुका बारेमा थप अनुसन्धान भइरहेकाले केही सदस्यहरुलाई कारबाही गर्ने निर्णय समेत गरेको उनले बताए । त्यस्तै बैठकले कार्यसमितिका रिक्त पदहरु पूर्ति गर्ने निर्णय गरेको छ । पत्रकार सम्मेलनमा ओेएनयूएफका नेताहरु रबिन्द्र कँडेल र उमेश मोक्तानलगायत उपस्थित थिए । गत आइतबार एक भेलाले भक्त गुरुङको अध्यक्षतामा नेकपा ओली समूहको ओेएनयूएफ यूके गठन गरेको थियो । भेलाले १२ जना उपाध्यक्ष, एक महासचिव, तीनजना उपमहासचिव र एकएक कोषाध्यक्ष एवम् सहकोषाध्यक्ष रहने गरी १२५ सदस्यीय कार्यसमिति विस्तार गरेको थियो ।