विश्व कीर्तिमानधारी निर्मल पुर्जाको निधनले एनआरएनए स्तब्ध, श्रद्धाञ्जली व्यक्त [विज्ञप्तिसहित]

SHARE:

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा विश्व कीर्तिमानधारी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन भएको खबरले आफूहरू स्तब्ध भएको जनाएको छ।

शनिबार प्रवक्ता सोमनाथ सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनएले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पुर्जा नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूको पनि गौरव र प्रेरणाका स्रोत रहेको उल्लेख गरेका छन् ।

एनआरएनएका अनुसार एक गैरआवासीय नेपालीका रूपमा पुर्जाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालीको साहस, क्षमता र पहिचानलाई गौरवका साथ विश्वसामु स्थापित गरेका थिए । उनको क निधनसँगै गैरआवासीय नेपाली समुदायले एक असाधारण अभियन्ता, प्रेरणादायी व्यक्तित्व तथा विश्वमञ्चमा नेपालीको साहस र क्षमताको परिचय गराउने अमूल्य धरोहर गुमाएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा पुर्जाको ‘असम्भवलाई सम्भव बनाउने’ सोच, अदम्य साहस, दृढ संकल्प, समर्पण तथा राष्ट्रप्रतिको योगदान नेपाल र विश्वभर रहेका नेपालीहरूको मनमस्तिष्कमा सदैव अमर रहने उल्लेख गरिएको छ ।

एनआरएनएले निर्मल ‘निम्सदाइ’ पुर्जासहित उक्त घटनामा ज्यान गुमाउने छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेको छ । साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक समवेदना व्यक्त गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!