युके फागुन ५ ।
किरात याक्थुङ चुम्लुङ्ग युकेका सह कोसध्यक्ष दिपेन्द्र याक्सोका पिता लक्ष्मी प्रसाद याक्सो लिम्बुको गत १५ फेब्रुअरी मा निधन भएको छ ।
पुर्खौली घर ताप्लेजुङ हाङ्पाङ भइ हाल अल्डरसट बेलायत बस्दै आएका लक्ष्मी प्रसाद याक्सो लिम्बुको केहि हप्ता अगाडी स्वास्थ्यमा समस्या भइ frimley park hospital मा उपचारको क्रममा निधन भएको हो ।
२०४६ सालको जन आन्दोलन पछि प्रथम जन प्रतिनिधी गाबिस प्रमुख नेतृत्व गरेका लक्ष्मी प्रसाद याक्सो लिम्बु EX QGE श्री सरस्वती मा बि को बिध्यालय ब्यबस्थापन समितिको अध्यक्ष पनि भएका थिए ।
याक्सो बङ्सावली सन्कलन अभियानमा पनि लिम्बुको महत्वपुर्ण योग्दान रहेको थियो । समजसेवि र मिलन्सार लक्ष्मी प्रसाद लिम्बुको निधनले किरात याक्थुङ चुम्लुङ यु के र आफन्तजन हरु सोकमा डुबेको भन्दै । किरात याक्थुङ चुम्लुङ्ग युकेले लिम्बुको निधनमा दिवाङ्गत आत्माको चिर सान्तिको कामना गर्दै सोकाकुल परिवारमा समबेदना व्यक्त गरेको छ ।