नेपालमा २ हजार ३ सय अनलाइन सञ्चारमाध्यम दर्ता

SHARE:

काठमाडौं फागुन ६ । पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको सङ्ख्या बढ्दै गएको छ । सूचना तथा प्रसारण विभागका अनुसार चालु आर्थिक वर्षमा (साउन ६९, असोज ९१, मङ्सिर १६१, पुस ११७ र माघ पहिलो सातासम्म ४०) ४७८ वटा नयाँ अनलाइन दर्ता भएका छन् ।

आव २०७५/०७६ मा ५५० वटा अनलाइन नयाँ दर्ता गरिएको छ भने १७ वटा पुनः दर्ता गएिको छ । दुई सय ७२ नवीकरण गरिएको छ । त्यसैगरी आव ०७६/०७७ मा ५६१ नयाँ अनलाइन दर्ता गरिएको छ । सो अवधिमा २७२ वटा नवीकरण गरिएको छ । हालसम्म दुई हजार ३२५ अनलाइन दर्ता भएका छन् ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पछिल्लो समयमा अनलाइन पत्रकारिता मूलधारको पत्रकारिताको रूपमा विकास भएका कारण पनि व्यावसायिक र विश्वसनीय बन्न जरुरी रहेको बताए । उनले भने, “अहिले अनलाइन पत्रकारिता मूलधारको पत्रकारिता बनेको छ तर यसको सङ्ख्या बढ्यो गुणस्तर भने बढ्न सकेन, सबै होइन, कतिपय अनलाइनले पत्रकार आचारसंहिताविपरीत समाचार प्रकाशन गरिएको पाइएको छ, त्यसलाई आचारसंहिता पालना गराउँदै नियमन गर्नुपर्छ ।”

दैनिक, अर्थ साप्ताहिक, साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक, चौमासिक, अर्थ वार्षिक र वार्षिक गरी सात हजार ८०७ पत्रपत्रिका दर्ता गरिएको छ । प्रसारण विभागका अनुसार हालसम्म एक हजार १२७ एफएम रेडियो र २०२ टेलिभिजन च्यानलले इजाजत पाएका छन ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!