
लन्डन फागुन ६ । यही शनिबार भूतपूर्व गोर्खा सैनिक तथा नेपाली समुदायसँग मानसिक स्वास्थ्य अन्तक्रिया हुने भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) स्वास्थ्य समिति र एनआरएनए यूकेको आयोजनामा अन्तरक्रिया हुने भएको हो । अन्ररक्रिया नेपाली समयअनुसार राति ९ बजे र बेलायतको समय अनुसार दिउँसोको पौने ३ बजे सुरु हुनेछ ।
एनआरएनए यूकेका महासचिव फणीन्द्र भट्टराईको मिडियटरमा हुन लागेको कार्यक्रममा गोर्खा टाक्स फोर्स अफ एनआरएनए आईसीसी र नेप्लिज डक्टर्स एसोसिएन यूकेको सहकार्यमा हुनेछ ।
कार्यक्रम एनआरएनए यूके र एनआरएनएको फेसबुकबाट लाइभ हुनेछ ।
कोभिड–१९ का कारण अहिलेको विषम परिस्थितिमा विभिन्न समस्याहरुबाट गुज्रिरहेका यो काहालीलाग्दो परिस्थितिले विभिन्न मानसिक समस्याहरु उत्पन्न भएकाले अन्तरक्रिया कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासाहरु राखी वरिस्ट स्वास्थ्य विशेषज्ञहरुसँग विशेष जानकारी लिन अनुरोध गरिएको छ ।
कार्यक्रममा एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङ, पब्लिक हेल्थ एक्स्पर्ट डा सन्जिव सापकोटा, एनआरएनए आइसीसी गोर्खा टाक्स फोर्सका अध्यक्ष चन्द्र गुरुङ, मनोचिकित्सक डा. चुँडाबहादुर कार्की, एनडीए यूकेका अध्यक्ष डा रमेश खोजु, एनआरएनए यूकेका स्वास्थ्य संयोजक डा सुनिल शाह, न्यूरो मनोचिकित्सक डा निसिता पाठक, रिटायर्ड कन्सल्टेन्ट मनोचिकित्सक डा अरुण झा, मनोचिकित्सक डा सन्जय यादव र डा प्रभात अधिकारी सहभागी हुनेछन् ।






