लन्डन फागुन १६ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) यूकेको अध्यक्षमा धर्म तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
आइतबार २८ फेब्रुअरीका दिन सम्पन्न साधारणसभाले उनको अध्यक्षतामा चौंथो कार्यसमिति चयन गरेको हो । त्यस्तै, बिसीसी यूकेको आमा समूहकी आमा प्रमुखमा उर्मिला गुरुङ चयन भएकी छन् । बिसीसी यूकेका सल्लाहकार एवं निर्वाचन मण्डलका संयोजक मेजर खुशीमान गुरुङले चौंथो कार्यसमितिका लागि उम्मेदवारी दिएका पदाधिकारी एवं सदस्यहरुको नामावली प्रस्तुत् गर्दै निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए । उक्त निर्वाचन मण्डलमा संस्थापक अध्यक्ष ले. काजी शेर्पा र डा. कपिल रिजालसमेत रहेका थिए । त्यस्तै, नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई बिसीसी गुम्बाका धर्मगुरु रिन्पोछे र खेन्पोले शपथ गराएका थिए ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्कबहादुर गुरुङ र आङ्ग दावा शेर्पा, महासचिवमा रोबिन गुरुङ, सचिवमा डा. नावाङ्ग शेर्पा, कोषाध्यक्षमा मेजर हितमान गुरुङ, सहकोषाध्यक्षमा पूर्णिमा गुरुङ, धर्म निर्देशकमा खेन्पो छेवाङ्ग, पुजा संयोजकमा आइबहादुर गुरुङ, मिडिया सेक्रेटरीमा एसके गुरुङ, असिस्टेन्ट पब्लिक रिलेशन अफिसरमा जोय क्याम्पबेल, सदस्यहरुमा रिन्जी लामा शेर्पा र शान्ति शेर्पा चयन भएका छन् ।
त्यस्तै, आमा समूहको उपप्रमुखमा जगना गुरुङ, सचिवमा शारदा गुरुङ, सहसचिवमा पवित्र गुरुङ, कोषाध्यक्षमा चन्द्रकुमारी गुरुङ, सहकोषाध्यक्षमा तुलसी गुरुङ, सदस्यहरुमा दिलु गुरुङ, यान्जी गुरुङ, अमृता गुरुङ, मनमाया गुरुङ, रेखा गुरुङ र प्रेमा गुरु चयन भएकी छन् । त्यस्तै, प्रोपर्टी सदस्यमा उषा गुरुङ र सहायक सदस्यमा टुक गुरुङ चयन भएकी छन् । उक्त कार्यसमितिमा केही पदमा उम्मेदवारी नपरेका कारण रिक्त रहेको र उक्त रित्त पदपूर्तिका लागि नयाँ कार्यसमितिलाई जिम्मेवारी दिएको नवनिर्वाचित अध्यक्ष तामाङ जानकारी दिए ।
बिहान १०.३० बजेदेखि सुरु भएको साधारणभामा अध्यक्ष नरेश गुरुङले आफ्नो कार्यकालमा भएका विभिन्न कार्यहरुको जानकारी गराएका थिए । त्यस्तै, आमा अध्यक्ष पुष्पा गुरुङले आमाहरुले गरेको विभिन्न कार्यहरुबारे जानकारी दिइन् । जुम प्रविधिबाट सम्पन्न भएको उक्त साधारणमा संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पाले बिसीसी यूकेको स्थापना, उद्देश्य, लक्ष्यलगायतका विषयमा पावर पोइन्ट प्रिजेन्टेसन प्रस्तुत् गरेका थिए । त्यस्तै, पूर्वअध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बिएमई, पूर्वआमा प्रमुख ज्ञानुमाया गुरुङ, लण्डन शाखा अध्यक्ष गमर गुरुङ, लण्डन शाखा आमा प्रमुख अन्तिम गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
करिब ८० जनाको उपस्थिति रहेको कार्यक्रममा उपाध्यक्ष एवं प्रोजेक्ट मेनेजर हर्कबहादुर गुरुङले बिसीसी यूकेले हालै थपेको तला निर्माणबारे पावर पोईन्ट प्रिजिन्टेशन प्रस्तुत् गरेका थिए । त्यस्तै, महासचिव रोबिन गुरुङले कार्यसमितिको प्रतिवेदन र कोषाध्यक्ष दिनेश गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत् गरेका थिए ।
बिसीसी यूकेका अध्यक्ष नरेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष आङ्गदावा शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने महासचिव रोबिन गुरुङले कार्यक्रम संचालन गरेका थिए ।
अन्य पदाधिकारी एवं सदस्यहरुको नामावली



